मनोरञ्जन

‘बैशको चुरीफुरी’ बोलको रमाईलो गीत सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । ‘बैशको चुरीफुरी’ बोलको रमाईलो गीत सार्वजनिक भएको छ । मोडल कमल सिंह र श्रेया कार्की फिचार्ड रहेको म्युजिक भिडीयोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडीयोमा मोडल कमल र श्रेयाको गज्जबको क्यामेस्ट्री देखिएको छ ।

रोमान्टिक शैलीको गीतमा स्वर तथा संगीत सिसिर काफ्लेको रहेको छ भने शब्द शिशिर बुढाथोकीको सुन्न सकिन्छ । गीतलाई एरेन्ज रोमी बस्नेतले गरेका छन् । सार्वजनिक म्युजिक भिडीयोमा बुद्ध थापाको छायाँकन ,कमल खड्काको कोरियोग्राफी, बिकास धमलाको सम्पादन समाबेस रहेको छ ।