समाचार

बाजुरामा सबैभन्दा ठूलो नदी थुनियो, त्रासदीपूर्ण जीवन बिताईरहेका स्थानीयलाई सार्नुपर्ने देखियो

काठमाण्डौ । देशभर केहीदिनदेखी बर्ष भईरहेको छ । कतै पहिरो त कतै बाढीले मुलुकभरका जनतालाई अस्तब्यस्त बनाएको छ ।

यसैबीच आज बाजुराको बुढीगंगा नदी थुनिएको छ । उक्त स्थानको सबैभन्दा ठस्लो नदीको रुपमा रहेको बुढीगंगा नदी लगातारको बर्षाका कारण गएको पहिरोका कारण थुनिएको हो ।

प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेका अनुसार जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयसँग समन्वय गरिरहेको छ, आवश्यक्ता अनुसार क्षती हुनै नदिने हिसावले अगाडी बढ्ने योजनामा सरकारी निकाय छ । बाढीले नदी थुनिएपछि सम्भावित क्षती हुन नदिन बुढीगंगा नगरपालीका १ अम्कोट र बल्देको बसोबास सानुपर्ने सम्म देखिएको छ ।

बुढीगंगा नदी यो बर्षभन्दा अगाडीको बर्षपनि ७ दिन थुनिएको स्थानीयले बताएका छन् । उक्त नदी सधैंका बर्ष थुनिने भएका कारण नदी वरपरका खेतीयोग्य जमिन भएक किषान मानसिक रुपमा समस्यामा परेका छन् ।