प्रदेश 2

बलिका बलात्कार गर्ने एक व्यक्तिलाई छ वर्षको जेल

सप्तरी । मुलुकमा बलात्कामरका घटना दिन–प्रतिदिन वढदो मात्रामा छ । बच्चा देखि लिएर वृद्ध महिलाहरु दैनिक बलात्कारीको शिकार हुन बाध्य छन । यस्ता घटनामा प्राय आफनै मान्छेको संलग्नता भएको घटना दैनिक सार्वजनिक हुने गर्दछन ।

कुनै ठाउँका अपराधि तत्कालै पक्राउ परेपनि कुनै ठाउँमा अपराध गरेर खुलेआम हिँडिरहेका हुन्छन । यस्तै राविराज बालात्कारमा संलग्न भएको आरोपमा एक व्यतिलाई ५ वर्षको गैदको फैसला भएको छ । तेह्र वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक र बलात्कार प्रयास गरेको आरोपमा राजविराज नगरपालिका १० बिरौलका १९ वर्षीय पङ्कजकुमार दासलाई अदालतले बिहीबार छ वर्ष कैदको सजाय गरेको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले आरोपितलाई छ वर्ष कैद र रु २५ हजार जरिवानाको सजाय गर्नुका साथै पीडितलाई रु १५ हजार क्षतिपूर्ति दिलाउन अन्तिम फैसला गरेको श्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिएका छन ।

बालिकालाई विसं २०७५ असार ३१ गते राति घर लगेर बलात्कार प्रयास गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०७५ असार ३२ गते अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी उद्योगको उजुरी दर्ता गरेका थिए । गत साउन १ गते पक्राउ परेका आरोपित जिल्ला अदालतको आदेशमा गत साउन २९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । आरोपितले भने अपहरण तथा बलात्कार प्रयासको आरोप अस्वीकार गर्दै आएका छन् ।