समाचार

सर्वाेच्चको आदेशपछि सिमामै रोकिए भारतबाट आयातीत तरकारी बोकेका ट्रक

भैरहवा । पछिल्लो समय चर्चा परिर्चााको विषय बनेको विषदि परिक्षण विनै भारतबाट तरकारी आयात । सरकारले परिक्षण गर्ने निर्णय फिर्ता लिसंगै यो विषयको सर्वत्र विरोध भैरहेको छ ।  सोहि विषयमा प्रधानमन्त्रीले हिजो मात्रै भारतीय दुतावासको पत्रको बारेमा आफुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिंदै पन्छिए । भने आफुसंग पत्र लुकाउने लाई कार्वाहि गर्ने चेतावनी पनि दिए ।

यस अघि सरकारले तयारी नपुगेकाले तत्काललाई यो निर्णय स्थगीत गरेको प्रतिक्रिया दिएको थियो । तर सरकार भारत संग डराएर उक्त निर्णय फिर्ता लिएको सबैको बुझाई छ । यो विषयमा विरोध भैरहँदा भारतबाट भने तरकारी भित्रिरहेको छ ।  हिजो मात्रै भारतीय तरकारी वोकेका ट्रकलाई भन्सारमा रोकिएको छ । सर्वाेच्चले विना विषादी तरकारी भित्रन नदिने फैसला गरेसंगै भारतीय तरकारी नाकामै थन्कीएको छ ।

तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि मालवाहक गाडी सीमामा रोकिएका हुन् । सर्वोच्चले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि विषादी परीक्षण नभएका तरकारी र फलफूलका गाडी नाकामा रोकिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी कलिराम पौडेलले बताए ।

सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले बुधबार मन्त्रिरिषद्को असार १८ गतेको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो । ‘सर्वोच्चको आदेशपछि भन्सार विभागको तत्कालको मौखिक निर्देशनमा विषादी परीक्षण विना तरकारी र फलफूलका गाडी नछाडेका पौडेलले बताए । उनले विषादी परीक्षण नभएकाले बिहीबार भारतबाट आएको कुनै पनि तरकारी र फलफूलका गाडी नछाडिएको जानकारी दिए । भारतबाट भैरहवा नाका हुँदै दैनिक ५०–६० ट्रक तरकारी र फलफूल भित्रिन्छन् ।

उनले अब भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गरेर विषादी नभएको तरकारी र फलफूल मात्रै बजारमा र्पयाइने बताए । तरकारी र फलपूलमा विषादी परीक्षणका लागि यसअघि यहाँबाट नमुना संकलन गरेर काठमाडौं पठाइन्थ्यो । यसले गर्दा व्यवसायीलाई समस्या परेको थियो । अब भने बुटवलमै परीक्षण गर्न सकिनेछ । दुई दिनअघि मात्रै बुटवलको विषादी द्रुत विश्लेषण प्रयोगशालामा कर्मचारी खटिएका छन ।

बुटवलमा प्रयोगशाला भएपछि भैरहवा हुँदै आउने तरकारी तथा फलफूलका गाडी धेरै दिन नाकामा रोकिने छैनन । यसअघि काठमाण्डौंमा र्पुयाउँदा तीन–चार दिन लाग्ने गरेको थियो ।