समाचार

लगातारको वर्षाले वाग्मती नदीमा ठूलो बाढी आयो सर्तक रहनुहोस

काठमाण्डौ । करिब दुई तिन दिनदेखिको लगातार वर्षाका कारण मुलुकै भरको जनजिवन प्रभावीत भएको छ । भने खोला नालाहरु बढेर झनै जोखिम भएको छ । लगातार पानी परेपछि देशका धेरै नदीमा बाढी आएको छ । सहर भरिका सडक नै जलमग्न भएका छन । यस्तै हनुमन्ते खोलामा आएको वाढिले राधे–राधे पुरै डुवानमा परेको छ । मुलुकभर अझ केहिदिन लगातार पानि आउन सक्ने मौसमवीदहरुको अनुमान रहेको छ ।

विभिन्न स्थानमा कयौं घर डुवानमा परिसकेका छन तर पनि मुलुकको कयौं स्थानमा अझैपनि पानि नर्पदा रोपाईको काम नै प्रभावीत भएको छ । काठमाडौं उपत्यकामा केहिदिन देखिको लगातार परेको पानिले यहाँका स्थानीय खोलाहरु बढनुका साथै सहरका कयौं स्थान डुवानमा परेका छन । यस्तै बागमती नदीमा ठूलो बाढी आएकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान सरकारले अनुरोध गरेको छ ।

आज बिहान ३ बजेतिर नै बागमतीमा पानीको सतहले सतर्कता तह पार गरेकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।  महाशाखाका बाढीविज्ञ विनोद पराजुलीले बागमतीमा आज पानीको सतह खतराको तह नजिकै पुग्ने देखिएकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान अनुरोध गर्दै त्यहाँका बासिन्दालाई मोबाइलमा सन्देश समेत पठाइसकेको जानकारी दिएका छन ।

यस्तै, आज रातु, खाँडु, लालबकैया, गागन, त्रियुगालगायत सबै चुरेबाट बहने खोलामा उच्च भोलिसम्मै सतर्कता अपनाउन उहाँले अपील गरेका छन । झापा, मोरङ, सुनसरी तथा चितवनदेखि नवलपरासीसम्म चुरेबाट बहने खोलामा सतर्कताको आवश्यकता रहेको पनि उनले बताए ।