आर्थिक

तातोपानी नाकाबाट चिनिया सामाग्रि भित्रन थाले

मेलम्ची । लामो समयदेखि बन्द तातोपानि नाका केहि समय अघि खुलेको थियो । वन्द भएपछि चिनबाट नेपाल भित्रने सामान ल्याउन गार्हो भएको थियो । केहि समय अघि खुलेको नाकादेखि पुनः सामान भित्रन थालेका छन । एक महीनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन शुरु गरेको छ ।

पछिल्लो एक साताबाट शुरु आयात कारोवार विस्तारै बढ्दै गएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत जेठ १५ गतेबाट औपचारिकरूपमा पुनः सञ्चालनमा ल्याइएको थियो ।  नवनिर्मित अत्याधुनिक सुक्खा बन्दरगाह सरेको तातोपानी भन्सार पुनः सञ्चालनको झण्डै तीन साता प्रशासनिक व्यवस्थापन र आन्तरिक तयारीमा जुट्दा व्यापारिक कारोवार हुनसकेको थिएन ।

चीनबाट सामग्री भित्रिन थालेको भन्सार अधिकृत केशवराज ओलीले बताए । भन्सारले कारोवार शुरु गरेयता विस्तारै आयात बढ्दै गएको उनले बताए । ओलीका अनुसार यसबीचमा १० कन्टेनर सामान भन्सार जाँचपास भई राजधानी गइसकेको छ । सुक्खा बन्दरगाह भन्सार यार्डमा अझै चार कन्टेनर सामान जाँचपासको पर्खाइमा छन् ।