खेलकुद

इंग्ल्यान्ड एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमाः अष्ट्रेलिया बाहिरियो

एजेन्सी । साविकको विजेता अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्ड घरेलु मैदानमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बर्मिघममा बिहिबार भएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इंग्ल्याण्ड उपाधि नजिक पुगेको हो । पाँच पटकको विजेता अष्ट्रेलिया भने सेमिफाइनलबाटै बाहिरिएको छ ।

अब इंग्ल्याण्डले उपाधिका लागि आइतबार न्युजिल्याण्डसँग खेल्नेछन् । न्युजिल्याण्ड भारतलाई १८ रनले पराजित गर्दै यसअघि नै फाइनल पुगिसकेको छ । इंग्ल्याण्ड र न्युजिल्याण्ड फाइनल पुगेसँगै एकदिवसीय विश्वकप जित्ने नयाँ च्याम्पियन राष्ट्र थपिने भएको छ । इंग्ल्याण्ड र न्युजिल्याण्डले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।अष्ट्रेलियाले दिएको २२४ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३२ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्याण्डको जासन रोयले सर्वा्धिक ८५ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै जोय रुटले अविजित ४९ रन तथा कप्तान इयान मोर्गनले अविजित ४५ रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्क र पाट कुमिन्सले १र१ विकेट लिए । इंग्ल्याण्डविरुद्ध एक विकेट लिँदै स्टार्कले एकै विश्वकप सर्वा्धिक विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् । इंग्ल्याण्डका जोनी बेयर्सस्टोलाई आउट गर्दै स्टार्क जारी विश्वकपमा २७ विकेट हात पारे । स्टार्कले लिएको २७ विकेट एकै विश्वकप एकै खेलाडी लिएको सर्वा्धिक विकेट हो । यसअघि यस कीर्तिमान अष्ट्रेलियाका ग्लेन म्याकग्राथको नाममा रहेको थियो । उनले सन् २००७ को विश्वकप २६ विकेट लिएर कीर्तिमान बनाएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २२३ रन बनाएको थियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वा्धिक ८५ रनको अर्धशतकीय इनिङ्स खेले । खराब सुरुवात गरेको अष्ट्रेलियाले मात्र १५ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, पूर्व कप्तान स्मिथले चौथो विकेटका लागि एलेक्स केरीसँग १०३ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए । केरी ४६ रनमा आउट भए ।

यस्तै अष्ट्रेलियाका मिचेल स्टार्कले २९ र ग्लेन म्याक्सवेलले २२ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । अष्ट्रेलियालाई सस्तैमा समेट्न इंग्ल्याण्डका क्रिस वोक्स र आदील रशिदले समान ३र३ विकेट हात पारे । जोफ्रा आर्चरले २ विकेट लिए । इंग्ल्याण्डसँगको हारसंगै अष्ट्रेलियाले पहिलो पटक विश्वकपको सेमिफाइनल खेल गुमाएको छ । यसअघि अष्ट्रेलियाले विश्वकपको सेमिफाइनलमा ७ पटक जित निकालेको थियो । इंग्ल्याण्ड भने सन् १९९२ पछि पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।