राजनीति

मन्त्रीहरुलाई लगाम लगाई ठीक लगाउन प्रधानमन्त्री ओलीलाई काँग्रेसको चेतावनी

काठमाण्डौ । नेपाली काँग्रेसले ओली सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्रीलाई ठीक लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ । नेपाली काँग्रेसका प्रवक्ता एबम् युवा नेता विश्वप्रकास शर्माले संचारमन्त्री गोकुल बाँस्कोटाले विप्लब नेकपाप्रति काँग्रेसको धारणा माग गरेको जवाफ स्वरुप प्रधानमन्त्रीलाई उक्त चेतावनी दिएका हुन् । प्रवक्ता शर्माले ट्वीट गर्दै प्रधानमन्त्री नै संसदमा असंसदीय भाषा बोल्ने उदाहरण भएको ठाँउमा मन्त्रीसँग संस्कारको अपेक्षा गर्नु नपर्ने हो भन्दै हलेदो भनेर चिनेपछि कोट्याउनु हुन्न भन्ने अभिब्यक्ती दिएका छन् ।

सत्तचार मन्त्री बाँस्कोटाले काँग्रेस हिँसाको बाटोमा लागेको नेकपाको पछि लागेको भन्दै काँग्रेसको स्पष्ट धारणा माग गर्दै विप्लवको पछि लागेको हो भने विप्लवकै जसरी कारबाही गर्ने संकेत दिएपछि काँग्रेस प्रवक्ता शर्मँको उक्त भनाई अँएको हो । सर्लाही घटनामा संसदीय समिति बनाउनुपर्छ भन्ने काँग्रेसको कटाक्ष गर्दै सञ्चारमन्त्री बाँस्कोटाले

उनको ट्वीटः

प्रधानमन्त्रीनै जब असंसदीय शब्द बोल्नुहुन्छ संसदमा तब कुनै  “फोटोकपी” मन्त्रीसंग संस्कारको अपेक्षा कसरी गर्नु ? अराजनीतिक बोलिको जवाफ दिंदै हिंड्नु उचित हुन्न ।भनाइ छ, हलेदो भनेर चिनिसकेपछी धेरै कोट्याउनु हुन्न!

‘लगाम: उपहार पठाउं कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ?