आर्थिक

सिभिल बैंकको शाखा दाङको लमहीमा

काठमाण्डौ । सिभिल बैंकले आफ्नो शाख ाबिस्तारको क्रममा दाङको लमहीमा शाखासंचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले गरे ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

लमहीशाखा सहितसिभिल बैंककोे कुलशाखा संख्या ९२ पुगेकोे पनि बैंकले जनाएको छ ।