बाग्मती

गिरिजाबाबुको जन्म जयन्तीको अवशरमा नेविसंघद्वारा मृगौला पीडितलाई ५१ हजार

काठमाण्डौ । नेपाली राजनितीका शिखर पुरुष महानायक गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तिको अवशरमा नेविसंघले आर्थिक सहयोग गरेको छ ।

जोरपाटी स्थित मेडिकल कलेजमा दुबै किड्नी फेल भएर उपचार गराइ रहेनुभएका सङ्खुबासभा धर्मदेबी नगरपालीका निबासी ३२ बर्षका पुष्प बहादुर खत्रीलाई नेबिसंघ धनकुटा बहुमुखी क्यापस इकाई सभापति करुणा कटवालको समन्वयमा रु एकाउन्न हजार आर्थिक सहयोग नेपाल विद्यार्थी सँघका महामन्त्री कुन्दन राज काफ्लेले हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेबिसँघका निबर्तमान केन्द्रिय सदस्य शुसिल भट्ट, रुपा शर्मा, बिजय ढुङ्गगाना, श्री योगि लगायतका नेताहरू उपस्थिति रहेको फोट्सका अध्यक्ष सुबास घिमिरेले बताए ।

सहयोग हस्तान्तरण पछि सन्चारकर्मिसग कुरा गर्दै महामन्त्री काफ्लेले गिरिजा बाबुको जन्मजयन्ती बिगतको भन्दा फरक तबरबाट मनाउने प्रयास गरेको बताउदै सुखदुःखमा नेपाल विद्यार्थी सघले साथ दीनुपरनेमा जोड दिँदै ,सहयोगी अभियानमा हातेमालो गर्न देशभरी र बिदेश स्थित सम्पर्क समितिमा आबद्ध नेबिसँघका साथीहरूला अनुरोध गरे ।