आर्थिक

सन्राइज बैंकको १० लाख थान ऋणपत्र सूचीकरण

काठमाण्डौ । सन्राइज बैंक र नेपाल स्टक एक्सचेन्ज बीचप्रति शेयर अकिंत तथा चुत्ता मूल्य एक हजार कायमभएको सन्राइज बैंकको १० लाख थान ऋणपत्र सूचीकरण गर्ने सम्झौता सम्पन्नभयो । सो सम्झौतापत्रमा नेपाल स्टक एक्सचेन्जका प्रमुखकार्यकारी अधिकृत चन्द« सिंह साउद र सन्राइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले हस्ताक्षर गरे ।

प्रतिष्ठित व्यापारी संस्थापक तथा कुशल ब्यवस्थापक रहेको यस बैक मिति २०६४ साल आश्विन २५ मा स्थापना भई हाल चुक्ता पुँजी ८ अरब भन्दा बढी रहेको छ। सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य सहित यस बैकले ११३ वटा शाखा, ३७ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।