आर्थिक

कुमारी बैंकका एकैदिन दुई नयाँ शाखा उद्घाटन

काठमाण्डौ । कुमारी बैंकले एकै दिन काठमाडौँ उपत्यकामा बिहीबार आफ्ना दुई नयाँ शाखाहरुः ललितपुरको झम्सिखेल र काठमाडांैको ठमेलमा औपचारिक उद्घाटन गरेको छ ।

उक्त उद्घाटन समारोह ठमेलमा बैंकका संचालक समिति तथा ठमेल पर्यटन बोर्डका अध्यक्षद्वय क्रमशः अमिर प्रताप ज.ब.राणा र प्रकाश नरसिंह राणाले संयुक्त रुपमा स्थानीय व्यापारिक समुदाय, वासिन्दा, बैंकका प्रमुख कार्यकारी अधिकृत लगायत बैंकका कर्मचारीको उपस्थितिमा सम्पन्न गरेको छ । यसैगरी, झम्सिखेलमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा बैंकका अध्यक्ष अमिर प्रताप ज. ब. राणाले उल्लिखित सहभागितामा, सो उद्घाटन समारोह सम्पन्न गरेको छ ।

उक्त शाखा विस्तार पश्चात् कुमारी बैंकको देशव्यापी शाखा संजाल संख्या ९६ पुगेको छ । विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ९६ शाखा संजाल, ८४ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ चैत्र मसान्तको तथ्याङ्क अनुसार बैंकको कूल निक्षेप रु. ७७,२९०,००५,१२५.००, कूल कर्जा रु.७३,१३४,६४३,३४६.०० तथा खुद् मुनाफा रु. १,००३,२८९,१४८.०० रहेको बैंकले जनाएको छ ।