पर्यटन/संस्कृति

हिमालय एअरलाइन्स्ले ढाका उडान सुरु गर्दै

काठमाण्डौ । हिमालय एअरलाइन्स्ले धेरै समय देखि पर्खाइमा रहेको काठमाडौं/ढाका/काठमाडौंको सीधा उडान यही २०७६ साउन ६ गतेदेखि सञ्चालनमा ल्याउने घोषणा गरेको छ । एअरलाइन्स्ले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ उक्त रुटमा सञ्चालनमा ल्याउनेछ । एयरलाइन्सस“ग नया“ एयरबस ३२०–२०० को तीनवटा जहाज रहेको छ ।

व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बांगलादेश जाने दुवै प्रकृतिका यात्रुहरुका लागि नया“ उडान तालिका सार्वजनिक गरिएको छ । नेपाली पयर्टनका लागि बांगलादेश ठूलो बजार हो, त्यसलाई लक्षित गर्दै बांगलादेशी पर्यटकलाई नेपाल सम्मको पहुँच विस्तार यो सञ्जालको मुख्य प्राथमिकता हुनेछ । एअरलाइन्स्ले मध्यपूर्वी एशिया गन्तव्य स्थलहरु दोहा, दुबई/आबु धावी, दमामको नियमित उडानस“गै, ढाकाको नया“ उडानले बांगलादेशी सहित मध्यपूर्वी एशियाका यात्रुका लागि काठमाडौं एउटा ट्रान्जिट हबको विकल्प बन्नेछ ।

‘अर्काे एशियाली मुलुक बांगलादेशको ढाकामा हाम्रो सञ्जाल विस्तार गर्न पाएकोमा हामी प्रसन्न छौं । यो पहलले छिमेकी मुलुकहरुमा नेपालको पर्यटन र व्यवसाय प्रवद्र्धनमा टेवा पु¥याउनेमा विश्वस्त छौं । विशेषत दुई देश बीचको सम्बन्धलाई अझै मजबूत बनाउ“दै यस सञ्जालले नेपाल र बांगलादेश बीच व्यावसायिक अवसरहरु सिर्जना गर्नेछ र मुख्यतः मध्यपूर्वी मुलुक र बांगलादेश बीच पूल बन्दै सेवा प्रवाह गर्नेछ । सदाझैं हिमालय एअरलाइन्स् नेपाली सत्कारका साथ हाम्रा मूल्यवान यात्रुहरुलाई निरन्तर उत्कृष्ट सेवा उपलब्ध गराउन प्रतिबद्ध रहनेछ’ उपाध्यक्ष विजय श्रेष्ठ बताउ“छन् ।

एअरलाइन्स्ले हप्ताको तीन दिन उपयुक्त समयमा ढाका उडान भर्नेछ, जसमा ज्ढ ६७८ काठमाडौंबाट स्थानीय समय ११ः१० मा उडान भर्नेछ र स्थानीय समय १३ः१० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ । त्यसैगरि, ज्ढ ६७९ विमानले ढाकाबाट स्थानीय समय २ः१० मा उडान भर्नेछ र त्यही दिन काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ः२० मा उत्रनेछ । दुईतर्फी उडानमै प्रिमियम इकनोमी क्लासमा २५ किलो सम्मको ब्यागेज निःशुल्क हुनेछ र इकनोमी क्लासमा २० केजी सम्मको लागि छुट हुनेछ ।

एअरलाइन्स्ले एसएयर एयर बीडी लिमिटेडलाई आफ्नो साधारण विक्री एजेन्ट (जीएसए) को रुपमा नियुक्त गरेको छ । जसले बांगलादेशमा यस एअरलाइन्सको प्रतिनिधित्व गरी विक्री, बजारीकरण, बजार विकास, आरक्षण र टिकट सम्बन्धी सेवाहरु प्रदान गर्नेछ ।

इन्टरनेशनल एअरलाइन्स इन साउथ एशिया’ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । यस अवार्डले गुणस्तरीय सेवाको विकास र सञ्जाल विस्तारमा यस एअरलाइन्स्ले गरेको अथक प्रयासको सम्मान गरेको छ र आगामी दिनमा उड्डयन क्षेत्रमा अझै परिस्कृत हु“दै जाने उर्जा प्रदान गरेको छ ।

उडानमा समय व्यतित गर्न तथा मनोरञ्जन गराउनका निम्ति सिनेमा, संगीत, विभिन्न टेलिभिजन कार्यक्रम तथा डकुमेन्ट्रीहरु समेतको सुविधा उपलब्ध गराउ“दै आएको छ । यसका अतिरिक्त पढ्नका लागि डा“फे पत्रिकासमेत उपलब्ध गराउने गरेको छ ।
‘अतिथी देवो भवः’ ग्राहक नै भगवान भन्ने नेपाली परम्परालाई मनन् गर्दै आदरणीय यात्रुलाई उच्च नेपाली आतिथ्यता प्रदान गर्न एअरलाइन्स् हरपल संघर्षरत रहनेछ ।