राजनीति

भारतले पाठएको चिठीको जानकारी छैन भन्न पनि लाज लाग्योः प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट पत्र आएको बिषयमा आफूलाई जानकारी नदिएपछि आफैं जल्लित हुनुपरेको महशुस गरेका छन् ।

राजधानीमा आयोजीत एक कार्यक्रममा बोल्दै पत्र आएर बिभिन्न ठाँउमा कुटनीतिक प्रयास समेत भएको देख्दा आफूलाई अचम्म लागेको बताएकाछन् ।

प्रधानमन्त्री ओलीले भने, ‘म र मेरो सरकार बिरुद्ध मिसनमा नै बिरोध भईरहेको छ, सरकारलाई असफल बनाउन सकेसम्मको बल प्रयोग भईरहेको छ त्यसलाई नेकपाले र आफूले जसरीपनि निस्तेज पार्नेछ’ । प्रधानमन्त्रीले थपे, दुईतिहाई सरकारको उद्देश्य स्वादिलो र बिषदी नभएको तरकारी र फलफल जनतालाई खुवाउने रहेको हुंदा सरकारले जनतालाई पुर्याएरै छाड्ने दाबी समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफूलाई भारतबाट बिषादी परीक्षण नगर्न भारतीय पक्षबाट कुनैपनि चिठी नआएको बताएपनि पछिल्लो समयमा भारतबाट सरकारलाई पठाएको चिठी नै मीडियामा भाईरल भएपछि प्रधानमन्त्रीको दाबी झुट सावित भएको थियो ।

भारतबाट पठाएको चिठी नै सार्बजनिक भएपछि प्रधानमन्त्रीले कर्मचारी वा अरु कसैले चिठीको बारेमा आफूलाई कुनै जानकारी नभएको दाबी गर्दै आफ्नो बचाउ गर्दै आएका छन् । आज कार्यक्रममा बोल्दै आफूलाई चिठीको बारेमा कुरा गर्दा लाज लागेको बताएर राजनीतिक माहौंल नै अर्कैतिर मोडिएको छ ।