राजनीति

जनताको अलिकतिपनि सम्मान गर्ने हो भने ओलीज्यू तत्काल पदमाट राजीनामा दिनुस्ः नेता गुरुङ

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङले जिम्मेवारी लिने नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपनै बताएका छन् । सुर्यखबरसँग कुरा गर्दै नेता गुरुङले अन्य मुलुकमा आफ्नु विभागीय गल्ती कमजोरी भएमा विभागीय प्रमुख मन्त्री वा प्रधानमन्त्रीले जिम्मेवारी लिदै नैतिकताका आधारमा राजीनामा दिएका दृष्टान्तहरु प्रशस्त भेर्टिपनि हाम्रो देश नेपालमा नेपाल र नेपाली जनताका बिरुद्धका दर्जनौं गल्ती गर्दापनि प्रधानमन्त्री केपी शर्मा ओली अझै गल्ती ढाकछोप गरेर बसिरहेकोमा चिन्ता ब्यक्त गरेका छन् ।

आफ्नो गृहजिल्ला झापामा अरबौंको बजेट लग्न राष्ट्रिय याुजना आयोगलाई लिखित पत्र पठाउदै जानकारी नै थिएन भन्ने, गुठी बिधेयक फिर्ताको कुरा टिभी हेरेर मात्र थाहा पाएँ, आईफा कार्यक्रमबारे अनभिज्ञता देखाउने गर्दै अहिले आएर कहिले भारतबाट पत्र नै आएको छैन बिषादी परीक्षण चेकजाँच नगर्न भन्ने, त कहिले कर्मचारी वा कुटनीतिक निकायले लुकायो भन्ने ? यसमा प्रधानमन्त्री ओली नालायक र नैतिकताबिहीन देखिएका छन् ।

दुईतिहाई नेपाली जनताको मतको अलिकतिपनि सम्मान गर्ने हो भने प्रधानमन्त्री ओलीले तुरुन्त प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ । गल्तीको जिल्म्मेवारी लिन नसक्ने प्रधानमन्त्रीले काम गर्न नसकेको प्रमाणीत भईसकेको भन्दै जनताबाट निर्बाचित प्रधानमन्त्रीले जनताको सम्मानका लागि समेत राजीनामा दिनुपर्ने बेला आएको विचार नेता गुरुङको छ ।

काँग्रेसले प्रतिपक्षको रुपमा सरकारले गरेका ठुला गल्तीको बिरोध गर्न नसकेकोमा दुःख लागेको बताँउदै आफूले नै प्रधानमन्त्रीले गरेका पटक पटकका गल्तीका बिरुद्ध काँग्रेसभित्र बलियो आवाज बनाउन भुमिका खेल्ने जिकिर नेता गुरुङले गरेका छन् ।

नेता गुरुङले दुई ठाँउबाट निर्बाचन हार्दा तत्कालीन नेकपा एमालेका महासचिव माधव कुमार नेपालले राजीनामा दिएको उदाहरणलाई समेत ख्याल गरी कम्युनिष्ट प्रधानमन्त्रीको समेत अलिकति ईजजत गर्न उनले सुझाएका छन् ।

दुईतिहाई मतको ओली सरकार आईफा, गुठी, प्रमको गृहजिल्लामा बजेट बढी लाने लगायतका निर्णयमा पछाडी हट्नुपर्यो भने बुधबारमात्र बिषादी प्रयोग परीक्षण नगरी भारतबाट नेपाल तरकारी तथा फलफुल भित्र्याउन सरकारले दिएको निर्देशन बिरुद्ध सर्बोच्च अदालतले निर्णय गरेको छ । अहिले ओली सरकार यस्तै जनबिरोधी कार्यहरुका कारण धरापमा परेको राजनीतिक बिश्लेषकहरुले बताउन थालेका छन् ।