समाचार

मुुलुकमा मानवअधिकार उल्लङ्घनका घटना बढ्दोः ललितपुरमा उच्च

ललितपुर । मुलुकमा दिन प्रतिदिन मानव अधिकार उल्लङघ्नका खटना वढिरहेका छन । सबैभन्दा वढि त झनै पछिल्लो समय बलात्कार, यौनर्दुव्वबहार, ज्यानमार्ने जस्ता घटना वढि घटेको पाईन्छ । गाउँदेखि सहरसम्म यस्ता घटना घटिरहेको सार्वजीक भैरहेका छन । यस्ता घटनामा प्राय आफन्तको नै संलग्नता भेटिनुले त झनै मानवीयता भन्ने कुरा नै मरेर गईरहेको छ ।

विभिन्न जिल्लामा आफनै छोरी छोरीले आमाबाुको हत्या गर्ने, बाबुले आफनै छोरीमाथि बलात्कार जस्ता घटनाले त झनै विकराल रुप लिदैछ । यस्ता घटना धेर थोर सार्वजनिक भएपनि कति यस्ता घटना पनि समाजमा छन जो दैनिक एउटि छोरी बाबुबाट बलात्कार भैरहेकि छन तर समाज र ईज्जतको डरले वाहिर आउन सकेको छैन ।  तै पनि पहिलेको तुलनामा यस्ता घटना विस्तारै सार्वजनीक भैरहेका छन । एस्तै एक प्रतिवेदनका अनुसार ललितपुरमा मानवअधिकार उल्लङ्घनका घटना दिनानुदिन उच्च हुदै गएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरले आज आयोजना गरेको ‘ललितपुरमा मानवअधिकारको अवस्था’ विषयक कार्यक्रमा सहभागीले यस कुराको जानकारी गराएका हुन् । इन्सेक प्रदेश नं ३ का प्रलेख अधिकृत ज्योति शर्माका अनुसार सन् २०१७ भित्र मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ६४ महिला र सात पुरुष गरी ७१ जना पीडित भएका थिए । “सन् २०१८ मा ४९ महिला र पाँच पुरुष गरी ५४ व्यक्ति ललितपुरमा पीडित भएका थिए ।

सो वर्ष कुटपिटबाट एक, पक्राउबाट दुई र धम्कीबाट एक पुरुष पीडित भएका थिए भने जातीय भेदभावबाट एक र हत्याबाट एक महिला पीडित भएको बताइएको छ । सन् २०१९ को जनवरी १ देखि जुन ३० सम्मको छ महीनाको समीक्षा अवधिसम्म इन्सेक ललितपुरले सङ्कलन गरेको तथ्याङ्कअनुसार बलात्कारका २८, यौन दुव्र्यवहारका पाँच, कर्तव्य ज्यानका २१, ज्यान मार्ने उद्योगका सात, मानव बेचबिखन तथा ओसारप्रसारको एक र राज्यविरुद्धको अपराधका चार गरी ६६ वटा जघन्य अपराधका घटना जिल्ला अदालत ललितपुरमा दर्ता भएका छन् ।

त्यसैगरी, ललितपुर जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्रकुमार कालाखेतीले अनुसार बहुविवाह नौ र सम्बन्धबिच्छेदका २३८ गरी २४७ मुद्दा दर्ता भएको जानकारी दिएका छन । महानगरीय प्रहरी परिसर जावलाखेल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इञ्चार्ज शान्ता वाइवाले ललितपुरमा एक हजार ३०० प्रहरी कार्यरत रहेको जानकारी दिएका छन ।

महिला अधिकारकर्मी रोशनी कार्माचार्यले ललितपुरमा मानवअधिकारको सुरक्षा अवस्था फितलो भएकाले त्यसमा ध्यान दिन आग्रह गरेकि छन । गैरसरकारी संस्था महासङ्घ ललितपुरका अध्यक्ष टीकाराम दाहालका अनुसार दैनिक सरसफाइमा काम गर्ने श्रमिकलाई समाजले फोहरमैला आयो भन्नेजस्ता नकारात्मक शब्द प्रयोग गर्दा उनीहरुको अधिकार कुण्ठित भएको बताए ।

मानवअधिकार सञ्जाल ललितपुरका अध्यक्ष वशिष्ठ अधिकारीका अनुसार समाजमा सामाजिक सद्भाव र एकताका लागि नैतिक शिक्षाको थप प्रभावकारितामा जोड दिनुपर्ने बताएका छन । इन्सेक ललितपुरका प्रतिनिधि दीपकप्रसाद घिमिरेले ललितपुरका सार्वजनिक निकायले आफ्ना गतिविधिको कमीकमजोरी सुधार गर्दै सञ्चारमैत्री वातावरण सिर्जना गर्नुपर्ने खाँचो औँल्या ललितपुरमा मानवअधिकार उल्लङ्घनका घटना बढ्दो