बाग्मती

ट्रकको ठक्करबाट एक पैदलयात्री ज्यान गयो

चितवन । ट्रकको ठक्करबाट पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–६ हर्दी चोकमा गएराति एक व्यक्तिको ज्यान गएको छ । भने अर्का एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–८ का ३५ वर्षीय दुख माझी रहेका छन् । पूर्वतर्फ गइरहेको ना ५ ख ७२९३ नम्बरको ट्रकले बाटो काट्ने क्रममा गएराति उनलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका माझीको उपचारको क्रममा राति नै भरतपुर अस्पतालमा मृत्यु भएको हो । माझीसंँगै ट्रकको ठक्करबाट घाइते भएका सोही ठाउंँ निवासी ४५ वर्षीय गोविन्द माझीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।