राजनीति

विश्वप्रकाशको प्रधानमन्त्रीलाई प्रश्नः भारतको पत्रबारे थाहा नभए, वालुवाटार कसको जानकारीमा चल्दैछ ?

काठमाण्डौ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको पत्रबारे आफूलाई थाहा नभएको भनेर दिएको अभिब्यक्ती झुट भएको बताएका छन् ।

सुर्यखबरसँग कुरा गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्रीले कि त पहिले भारतको पत्र आएपछि पनि आएको छैन भनेर जनतालाई ढाँट्नुभयो, कि त पत्र आएको जानकारी भएपनि जानकारी छैन भन्नुभयो, शर्माले दुईमध्ये एक ढाँटेको जिकिर गरेका छन् ।

बिषादी परीक्षण चेकजाँच नगरिकन दिर्नेशन दिन प्रधानमन्त्रीलाई आएको भारतको पत्र लुकाउने को हो ? पहिलेपनि योजना आयोगमा प्रधानमन्त्रीको क्षेत्रमा बढी बजेट हाल्न आएको प्रधानमन्त्रीको पत्रबारे आफूलाई जानकारी नभएको बताउनुभएको थियो, त्यसबेला सामाजिक सञ्जालमा जनताको ब्यापक विरोधपछि ब्याक हट्नुपर्यो, त्यस्तो हो भने प्रधानमन्त्रीको जानकारीमा के छ त? प्रश्न गर्ने ठाँउ आयो, नेता शर्माले भने ।

प्रधानमन्त्रीलाई वालुवाटारको गतिबिधिबारे जानकारी नहुने हो भने वालुवाटार कसरी चल्दैछ ? प्रधानमत्रीलाई जानकारी नदिने को ?