समाचार

सरकारको निर्णयले आक्रामक नागरिकले गरे भारतीय आँप बोकेको ट्रकमा आगजनी

चितवन । पछिल्लो समय तरकारीको विषादि परिक्षण गर्ने निर्णयबाट पछि हटदै सरकारले उक्त निर्णय फिर्ता लिएपछि सरकारको उक्त निर्णयको सर्वत्र विरोध भैरहेका छन । भारत संग डराएर सरकारले उक्त निर्णय लिएको भन्दै विरोध हुने गरेपनि सरकारले भने तयारी नपुगेकाले केहि समयलाई उक्त निर्णय फिर्ता लिएको दाबी गर्दै आएको छ ।

साथै सरकारले उक्तनिर्णय फिर्ता लिएसंगै भारतहुँदै विभिन्न विषादि युक्त तरकारी देखि हरेक खाद्यवस्तु विना विषदि परिक्षण नेपाल भित्रिरहेको छ । चौतर्फि विरोधका बावजुत विषदियुक्त तरकारी नेपाल भित्रिरहेका छन । यो विषयलाई लिएर संसद देखि सडक सम्म विरोध भैरहेका छन । सरकारलाई यो निर्णय फिर्ता लिन दवाव दिदै हिजो मात्रै विभिन्न विद्यार्थि संगठनले सरकारको कडा रुपले विरोध गरे । उनिहरुले सडकमै प्रधानमन्त्रीको पुत्ला दहन समेत गरे । यति मात्रै हैन सत्तापक्षकै मन्त्रीहरुले पनि सरकारको यो निर्णयको विरोध गरेका छन ।

हिजोमात्रै सर्वाेच्चले भारतबाट विषदि परिक्षण विना तरकारी र फलफुल भित्र्याउने सरकारको निर्णय कार्यान्वयन नर्गन आदेश समेत दिएको छ । भारतवाट तरकारी मात्र नभएर विषादियुक्त तरकारी पनि वजारमा क्ष्याप्क्ष्याप्ती भएको छ । चैत्र महिना देखिनै भित्रिएको उक्त आँपले मानिसको स्वास्थमा प्रतिकुल असर पारीरहेको छ । यसैक्रममा सरकारको उक्त निर्णयले आक्रामक वनेका नागरिकले चितवनको नारायणगढ क्षेत्रपुरस्थित महानगर ताजा तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएको भारतीय ट्रकमाथि तोडफोड गरेका छन ।

विहान ३ बजे आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपी ४१ ए टी २६९१ नम्वरको भारतीय मालबाहक ट्रकमा तीन जना युवाले तोडफोड गरेका हुन् । स्कुटरमा आएका ती युवाले गाडीको अगाडिको सिसा फुटाइदिएका छन् । उनीहरुले पेट्रोल छर्किएर आगो लगाउने प्रयाससमेत गरेको फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिएका छन । सो ट्रकमा पाँच टन आँप थियो ।

ट्रकमा तोडफोड गर्दै आगजनीको प्रयास गरेपछि केही ब्यापारीहले प्रतिकार गरेका थिए । त्यसपछि ती युवाहरु स्कुटरमै फरार भएको चितवन प्रहरीले जनाएको छ । चितवन प्रहरीका प्रवक्ता एकनारायण कोइरालाले दोषीहरुको पहिचान नभएको बताए । प्रहरीले तोडफोड गर्नेहरुको खोजी कार्य तीव्र पारिएको जनाएको छ ।