आर्थिक

सिभिल बैंकको शाखा बाराको गंजभवानीपुरमा

काठमाण्डौ । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाराको गंजभवानीपुरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटनमहागढीमाई नगरपालिकाको मेयर उपेन्द्र प्रसाद यादवले गरे ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथितथाअन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. २ का प्रदेश प्रमुख दिपककुमार श्रेष्ठ, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको बाक्लो उपस्थितिथियो ।

महागढीमाई शाखा सहितसिभिल बैंककोे कुलशाखा संख्या ९१ पुगेकोे पनि बैंकले जनाएको छ ।