आर्थिक

राष्ट्रिय बीमा र मुक्तिनाथ विकास बैंक बीच सम्झौता

काठमाण्डौ । नेपाल सरकारको स्वामित्व प्राप्त नेपाली बीमा क्षेत्रमा स्थापित राष्ट्रिय बीमा कम्पनी र बैंक तथा मुक्तिनाथ विकास बैंकबीच आइतबारका दिन एक आपसका ब्यवसाय आदान प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अनुरुप कम्पनीले बैंक सम्बन्धी कार्य गर्नको लागि मुक्तिनाथ विकास बैंकलाई प्राथमिकता दिने तथा बैंकले आफ्नो सम्पत्ति तथा दायित्वको बीमा गर्दा राष्ट्रिय बीमा कम्पनीलाइ प्राथमिकता दिई गर्न लागिएको बताइएको छ ।

यसबाट बीमा कम्पनी तथा बैंकका कर्मचारी र ग्राहक दुबै लाभान्वित हुन सक्नेछन् । बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्याल तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका थिए ।

मुक्तिनाथविकास बैंकले देशैभरी ११९ वटा शाखा, २५ वटा ए.टि.एम. र छ लाख ग्राहकहरुलाई विभिन्नकिसिमकानिक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएम् बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।