राजनीति

सभामुखले स्वतन्त्र भुमिका खेल्न सकेनन्, ओली सरकारको निर्देशनमा चलेः गगन थापा

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन कुमार थापाले केपी ओली सरकारले विपक्षीलाई पेलेर नीति लिएको र त्यो नीतिलाई सभामुख कृष्णबहादुर महराले पछ्याएको आरोप लगाएका छन् । नेता थापाले सभामुखले सरकारको निर्देशन अनुसार चल्नु बिडम्बना भएको भन्दै सभामुख स्वतन्त्र भुमिकामा बस्न नसकेको दाबी गरेका छन् ।

नेता थापाले संसदीय समिति गठन गर्न सहमत गरेका सभामुख र कानुन मन्त्री दुबैले प्रधानमन्त्ती केपी शर्मा ओली सरकारको निर्देशनमा पछि हटेको भन्दै आजमात्र एक्कासी समिति गठन गर्न नसक्ने सुन्दा अचम्म लागेको बताए ।

नेता थापाले सर्लाहीमा भएको घटना सामान्य नभएको कुरा मानव अधिकार आयोगले समेत उठाईरहेका बेला संसदले समिति बनाएर सत्य तथ्य बाहिर लयाउनुपर्ने विचार राखेपनि उक्र कुरा सभामुखले सुनेको नसुनै टारेको बताउदै प्रमुख प्रतिपक्षी दल काँग्रेसका साँसदले संसदमा कुरा राख्न खोज्दा समेत बुधबारको बैठकमा बोल्न समय नदिएकोमा आक्रोस पोखेका थिए ।