आर्थिक

प्रभु बैंकको अब बिकट जिल्ला कर्णालीको हुम्लामा साखा

काठमाण्डौ । प्रभु बैंकले आफ्नो शाखा सञ्जालविस्तार गर्ने क्रममा बुधबार हुम्ला जिल्लाको दुुुुर्गम गाउँपालिकामध्येको एकखार्पुनाथ गाउँपालिका स्थित वडा नं. ५ खार्पुनाथमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन एक समारोहकाविच खार्पुनाथगाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले गरेका थिए ।

शाखा कार्यालय समुद्घाटन कार्यक्रममा प्रमुख अतिथीरावलले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवाविस्तार गरेकोमा खुशी प्रकट गर्दै आजदेखि सञ्चालनमा आएको खार्पुनाथ शाखाकार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथाआम सर्वसाधारणलाई सरल सहज रुपमाप्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्धहुने बताउनुहुँदै बैंकिङ्गपहुँच भन्दाबाहिर रहनुभएका यस क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गरे ।

खार्पुनाथ शाखाकार्यालय समुदघाटन कार्यक्रममा हुम्ला जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ, हुम्लाकाप दाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीयव्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

खार्पुनाथशाखा समेत गरी
आजदेखि सञ्चालनमाआएको ले हालसम्म १८७ वटा शाखा, १५० वटा एटिएम् र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्नाग्राहकहरुलाई सेवाप्रदानगर्दैै आएको छ ।

आजदेखि सञ्चालनमाआएको बैंकको खार्पुनाथशाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, व्यवसायिकफर्म, कम्पनीतथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वितहुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको प्रमुखकार्यकारी अधिकृत अशोक शेरचनले बताएका छन् ।