राजनीति

नेता गुरुङको प्रधानमन्त्रीलाई प्रश्नः ‘भारतबाट पत्र आउनु सामान्य हो’ भन्न अलिकति पनि लाज-सरम लाग्दैन?

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले दुईजिब्रे कुरा गरेको आरोप लगाएका छन् । नेता गुरुङले तरकारी फलफुल भारतबाट नेपाल भित्र्याउन भारतले पत्रमार्फत दबाब दिएको र उक्त दबाबपछि सरकारले बिना चेकजाँच भारतबाट नेपाल तरकारी, फलफुल प्रवेश गराईएको समाचार मीडियामा भाईरल भएपछि आफूहरुलाई कनैपनि पत्र भारतीय पक्षबा नआएको दाबी गरेका थिए ।

त्यसको केहीदिनपछि भारतीय राजदूताबासले पठाएको पत्र नै सार्बजनिक भएपछि सञ्चारमन्त्री गोकुल बास्कोटाले पत्र आउनु सामान्य भएको प्रत्युत्तर दिएका थिए । सञ्चारमन्त्रीको कथनपछि नेता गुरुङले आक्रोशित हुंदै सामाजिक संजाल फेसबुकमार्फत सरकारलाई दोईचिउरे कुरा गर्न अलिकति पनि लाज सरम लाग्दैन भन्ने प्रश्न गरेका छन् ।

नेता गुरुङले भनेका छन्, “हिजो सम्माननीय प्र.म.ज्यु भन्दै हुनुहुन्थ्यो ‘कसको पत्र ? के को पत्र ? त्यसै पत्र आयो भनेर हल्ला गर्ने?’ आज सरकार स्वयम् भनिरहेछ ‘पत्र आउनु सामन्य हो!’ सरकार! अलिकति पनि लाज सरम लाग्दैन ? कि दिल्ली दरवारको तामेली गरेपछि लाज सरम हराउँछ?”