मनोरञ्जन

शिल्पाले हालिन आफ्नै श्रीमान छबि ओझाबाट असुरक्षीत छु भन्दै निबेदन, प्रहरी यसो भन्छ

काठमाण्डौ । नायीका शिल्पा पोख्रेलले निर्माता छवि ओझाबाट असुरक्षीत रहेको भन्दै महानगरिय प्रहरी प्रभाग टेकुमा उजुरी दिएकी छन् । रेखा थापासँग सम्बन्ध बिच्छेद भएपछि निर्माता ओझासंग तेस्री श्रीमतीको रुपमा भित्रिएकी शिल्पालाई निर्माता ओझाले नै चलचित्रमा स्थापीत नायीका बनाएका थिए ।

ओझासँग भेटहुनुभन्दा अगाडी मोडलिङमा मात्र सीमित रहेकी शिल्पाले पहिलेपटक छविको ‘लज्जा’ त्यसपछि ‘मंगलम्’ र ‘हवल्दार सुन्तल फिल्ममा अभिनय गराएका थिए । २०७३ सालमा गोप्य बिबाह गरेका भनिएका छवि र शिल्पा सधैं गंगै देखिएपनि विवाह गरेको कुरा सार्बजनिक गरेका थिएनन् । पछि भने उनीहरुले नै आफैं बिबाह गरेको स्वीकारेका थिए ।

शिल्पाले आफ्नै पत्नीबाट असुरक्षा भयो भनेर निबेदन दिएपछि दुबैपक्षलाई छलफलमा डाकेर कुरा गर्ने तयारी भईरहेको काठमाण्डौ प्रहरी प्रवक्ता डिएसपी हबिन्द्र बोगटीले बताए ।