समाचार

बिराटनगरबाट थप सुरक्षाकर्मी खटाईयो, भीडन्तपछि भोजपुर तनाबग्रस्त (अपडेट)

काठमाण्डौ । भोजपुरमा प्रहरी र नेकपा विप्लव समूहको भीडन्तमा दुईजनाको मृत्यु भपछि सुरक्षा ब्यवस्था कडा बनाईएको छ । भोजपुर बजारमा भएके भीडन्तमा प्रहरी जवान सञ्वीव कुमार राई र विप्लव समूहका नीर कुमार राईको निधन भएपछि मृतकको शवलाई जिल्ला अस्पतालमा राखिएको छ । थप भीडन्त नहोस भन्ने हेतुले प्रदेश नम्बर १ बाट थप प्रहरी खटाईएको समेत प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयका निमित्त प्रवक्ता समेत रहेका एसपी रमेश थापाका अनुसार, ‘प्रहरीलाई विप्लव समूह आएको जानकारी थियो र गस्ती गर्दै जाँदा जम्का भेट भयो र विप्लव समूहले गोली चलाउन थालेपछि भीडन्त सुरु भयो र दुईको मृत्यु भयो’ ।

निरकुमार वखलढुंगाका ईन्जार्ज रहेको र भोजपुरमा कुन जिम्मेवारीमा थिए नखुलेको र भीडन्तको थप अनुसंधान भएपछि विस्तृत थाहा हुने बताईएके छ । यसअघि सर्लाही ईन्चार्ज कुमार पौडेलको यस्तै भीडन्तको क्रममा मृत्यु भएको प्रहरीले दाबी गर्दै आएपनि उक्त घटना भने बिबादमा परेको छ । भीडन्तमा नेकपाका तर्फबाट पाँच राउण्ड गोली र चाईनिज पेस्तोल बरामद गरिएको प्रहरीले बताएको छ । भोजपुरमा नै यसअघि पनि विप्लव माओबादीका तर्फबाट तीर्थराज घिमिरेको प्रहरीका कारबाहीमा मृत्यु भएपनि प्रहरीका तर्फबाट कसैको पनि मृत्यु भएको थिएन । अझै शान्ती प्रकृया पश्चात कसैबाट मारिएका प्रहरी उनै पहिलो हुन भन्ने दाबी गरिएको छ।