पर्यटन/संस्कृति

भुकम्पका कारण बन्द रहेको ‘द एभ्रेष्ट होटल’ खुल्ने, कर्मचारीलाई सम्पर्क गर्न दियो १५ दिनको म्याद

काठमाण्डौ । ०७२ साल बैसाख १२ गतेको भुकम्पबाट बन्द रहेको एभरेष्ट होटल खुल्ने भएको छ । फाइभ स्टार लेवलको उक्त होटल केहीसमय अगाडीदेखी रङरोगन गर्ने र सरसफाई गर्ने गरेको देखिएपनि १५ दिनको मयाद दिएर कर्मचारीलाई सम्पर्कमा आउन व्यवस्थापनले सूचना जारी गरेपछि खुल्न लागेको प्रष्ट देखिएको छ ।

११६ कोठा, ३ रेष्टुरेण्ट, ए बार, ३ वटा कार्यक्रम हल भएको बानेश्वर चौकमा रहेको द एभ्रेट होटल भुकम्पका कारण बन्द गर्नुपरेको व्यवस्थापन पक्षले जनाएके थियो।

३६ बर्ष पुरानो होटलको मानव संसाधन बिभागले १५ दिन भित्र पुराना कर्मचारी सम्पर्कमा नआए नयाँ कर्मचारी भर्ना गरिने जनाएको छ । स्थायी २९२ र अन्य गरेर झण्डै ४ सय कर्मचारी होटलमा कार्यरत रहेका थिए ।

होट बन्द भएपछि कर्मचारी तथा मजदुरहरुमा कतिपय बेरोजगार भएका थिए भने कतिपय अन्तै रोजगार गर्न गएका थिए । बन्द होटल खुल्नु राम्रो संकेत भएको व्यावशायीहरुले बताएका छन् ।