स्वास्थ्य

वर्षायाम सुरु भएसंगै झाडा–वान्ताका बिरामी वढ्दैः दुसित खानेकुरा नखान डाक्टरको आग्रह

चितवन । वर्षायाम सुरु भएसंगै झाडा वान्तका विरामि वढन थालेका छन । दुखित पानिका कारण झाडावान्ता सुरु हुन थालेपछि मुलुकका विभिन्न सरकारी अस्पतालहरु दैनिक रुपमा खचा–खच भरिन थालेको देखिन्छ ।

यति मात्रै नभई निजि अस्पतालहरुमा पनि विरामिको चाप उत्तिकै मात्रामा बढिरहेको छ । वर्षेनि झाडा वान्ताक कारण सयौं व्यक्तिले अकालमै ज्यान गुमाईरहेका छन । दुसित पानिदेखि लिए वासि सडे गलेका खानेकुराले पनि यस्तो महामारी फैलिएका हुन्छन । हरेक खानेकुरामा ध्यान पुर्याउन डाक्टरहरुले सल्लाह दिएका छन ।

रतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरीका अनुसार एक सातायता दैनिक सात÷आठ झाडावान्ताका बिरामी आउन थालेका छन् । प्रदुषित पानीसँगै भारतबाट आयातित आँपका कारण रोग देखापरेको डा अग्रहरीले जानकारी दिए । यस्ता बिरामी युवा अवस्थाका छन् । निजी अस्पतालमा पनि झाडावान्ताका बिरामी आउन थालेका छन् । दुषित पानीका कारण झाडावान्ता हुने, पेट दुख्ने, ज्वरो आउने, दिसामा रगत देखिने जस्ता समस्या देखिएको छ ।

झाडावान्ताका कारण शरीरमा पानीको मात्रा कम भएपछि मिर्गाैलामा समेत असर पर्ने उनले बताए । झाडावान्ताले शरीरमा हुने पौष्टिकतत्व र पानीको मात्रा घट्न गई मिर्गौलामा असर पर्दछ भने रक्तचाप कम हुने गर्दछ । सङ्क्रमित पानीमा टाइफाइडको किटाणु पनि हुने हुनाले त्यस्तो पानीले टाइफाइडको ज्वरो आउने अग्रहरी बताउछन । यस्तो ज्वरो आउँदा टाउको दुख्ने गर्दछ । अस्पतालका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीका अनुसार बहिरङ्ग सेवामा आएका बिरामीमध्ये १५ प्रतिशत मौसम परिवर्तनसँगै हुने रोगका बिरामी छन् ।

जसमध्ये सबैभन्दा बढी झाडावान्ताको रहेको उहाँको भनाइ छ । बाहिरको पानी प्रदुषित हुनसक्ने भएकाले उमालेर चिसो बनाएर पानी पिउन अधिकारीको सुझाव छ । नउमालेको फ्रिजमा राखेर चिसो बनाएको पानीमा किटाणु रहने उहाँको भनाइ छ ।  तीस सेकेण्डसम्म साबुन रहने गरी हात धोएर खाना ओसारपसार गरेमा खानेकुराबाट सर्ने ३३ प्रतिशत रोग कमी हुने भन्दै अधिकारीले यो मौसममा विशेष सावधानी अपनाउनुपर्ने बताएका छन । पानीकै कारण जिल्लामा समय–समयमा रोगको महामारी हुने गरेको छ ।

२४सै घण्टा खानेपानी उपलब्ध नहुने हुँदा पाइप खाली हुँदा ढल वा प्रदुषित पानी पस्न सक्ने सम्भावना रहेको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरका प्रमुख ई नारायणप्रसाद काफ्लेका अनुसार सर्वसाधारणकोमा पठाउने पानीमा क्लोरिन राखेर पठाउने गरिएको छ । स्रोतमा समस्या नभए पनि उपभोक्तासम्म पुग्दा पानी प्रदुषित नहोस् भन्न उच्च सावधानी अपनाइने गरेको उनले जानकारी दिएका छन ।

दुषित पानी पिउन वा खाना बनाउन प्रयोग गरिएमा विभिन्न किसिमका ब्याक्टेरिया, प्रोटोजोवा, भाइरस तथा अन्य जीवाणुले मानव शरीरमा प्रवेश पाउँछन् र रोगहरू सार्दछन् । पानीको स्रोतमा जाँच गर्दा ‘कोलिफर्म’ ब्याक्टेरिया भेटिएमा उक्त पानी पिउनका लागि तथा खाना बनाउन उचित नहुने चिकित्सक बताउँछन् ।