समाचार

भोजपुरमा विप्लव समूह र प्रहरीबीच भीडन्त, दुईको निधन, बिस्तृत विवरण आउन बाँकी

काठमाण्डौ । भोजपुरमा प्रहरी र नेकपा विप्लव समूहको भीडन्तमा दुईजनाको मृत्यु भएको छ । भोजपुर बजारमा भएके भीडन्तमा प्रहरी जवान सञ्वीव कुमार राई र विप्लव समूहका नीर कुमार राईको निधन भएको समाचार छ ।

प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाका अनुसार, ‘प्रहरीलाई विप्लव समूह आएको जानकारी थियो र गस्ती गर्दै जाँदा जम्का भेट भयो र विप्लव समूहले गोली चलाउन थालेपछि भीडन्त सुररु भयो र दुईको मृत्यु भयो’ ।

निरकुमार वखलढुंगाका ईन्जार्ज रहेको र भोजपुरमा कुन जिम्मेवारीमा थिए नखुलेको र भीडन्तको थप अनुसंधान भएपछि विस्तृत थाहा हुने बताईएके छ । यसअघि सर्लाही ईन्चार्ज कुमार पौडेलको यस्तै भीडन्तको क्रममा मृत्यु भएको प्रहरीले दाबी गर्दै आएपनि उक्त घटना भने बिबादमा परेको छ ।