समाचार

पप्पुको अर्काे लापर्वाहिः पेश्की फिर्ता लिएपछि कारागार निर्माण अन्योलमा

काठमाडौं । हरेक पटक विकाश निमार्णका काममा लार्पवाहि गर्दै चर्चामा आउने पप्पु कन्स्ट्रक्सनको अर्को लापर्वाहि सार्वजनिक भएको छ ।हरेक काममा लापरवाहि गर्दै आएको पप्पुले निमार्णको काम अलपत्रमात्रै पार्ने नभई कमसल मुल्यको निमार्ण सामाग्रि प्रयोग गरी काम गर्दै आएका घटना पनि बेला– बेलामा सार्वजाीक हुने गरेका छन ।

तर पनि सरकारले पप्पुको यस्तो कामलाई नियन्त्रण गर्न नसकेको देखिन्छ । जसकार कारण जहिले अर्बाैंको घाटा व्यहोर्नुपर्ने हुन्छ । कुनै पनि निमार्ण बनाएको १ वर्ष नवित्दै पुनः बनाउनु पर्ने जस्ता लार्पवाहि सधै हुने गर्दछन । पप्पुकै लापर्वाहीका कारण बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अलपत्र परेको छ । निर्माण अलपत्र पारेपछि निर्माण कम्पनीलाई दिइएको पेश्की रकम फिर्ता लिइएको छ ।

तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएकामा सम्झौता अवधि पूरा हुनलाग्दा समेत चार प्रतिशतमात्र निर्माणकार्य गरेर अलपत्र पारेपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता लिइएको शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना एकाइ कार्यालय नेपालगञ्जले जनाएको छ । निर्माणाधीन कारागारको काम सन्तोषजनक नभएको र तोकिएको समयमै काम गर्न नसक्ने देखिएपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता लिइएको हो ।

हालसम्म चार प्रतिशत मात्रै काम भएपछि मोबिलाइजेशनवापतको रु सात करोड छ लाख फिर्ता लिइएको आयोजना एकाइ कार्यालय नेपालगञ्जका प्रमुख सुवास बस्नेतले जानकारी दिएका छन । निर्माण कम्पनीको तीनवर्षे ठेक्का सम्झौताको अवधि कात्तिक ४ गते सकिँदैछ । तीन हजार जना अट्ने क्षमताको निर्माणाधीन कारागारको रु ५३ करोड कूल बजेट रहेकामा पप्पु–रसुवा कन्स्ट्रक्सनले विसं २०७३ कात्तिक ८ गते रु ३८ करोड ६८ लाख ७९ हजार २८१ मा ठेक्का सकार गरेको थियो ।

कारागारको २५ भवन संरचना बनाइने लक्ष्य रहे पनि अहिले पाँच संरचनामा अत्यन्तै सुस्तगतिमा काम भइरहेकाले पेश्की रकम फिर्ता लिनुपरेको कार्यालय प्रमुख बस्नेतले जानकारी दिएका छन । पेश्की रकम फिर्ता लिएसँगै ठेक्का सम्झौता तोड्ने प्रक्रिया शुरु भएपछि क्षेत्रीय कारागारको निर्माण अन्योल बनेको छ । मानवबस्ती बाक्लिँदै गएपछि तथा कैदीबन्दीको अनुपातमा कारागारको भौतिक संरचना साँघुरो भएपछि क्षेत्रीय कारागार निर्माण शुरु गरिएको थियो ।

अहिलेको कारागार सुरक्षा र क्षमताका दृष्टिकोणले उपयुक्त नभएपछि बाँकेको नौवस्तामा क्षेत्रीय कारागार र गनापुरमा खुला कारागार निर्माणको काम शुरु गरिएको थियो । दुवै कारागार निर्माण भएपछि नेपालगञ्जको मानवबस्तीको बीचमा रहेको जिल्ला कारागारलाई विस्थापित गरिने योजना रहेको थियो ।