राजनीति

शेरबहादुरजी इतर काँग्रेसमा एक से एक सभापति चलाउन सक्ने नेता छन्ः बरिष्ठ नेता पौडेल

काठमाण्डौ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय समिति बैठकमा १४ महाधिवेशनको बिषय प्रवेश पाउनु राम्रो भएको बताएका छन् । नेता पौडेलले काँग्रेस नेपालमा लोकतन्त्रको ७० बर्षको इतिहास बोकेको पार्टी भएको पार्टी भएको दाबी गर्दै पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापना गर्नुपर्ने विचार प्रष्ट गरेका छन् ।

काँग्रेसमा नेतृत्व गर्न शेरबहादुर देउवा इतर एकसेएक उमेर र अनुभवबाट सक्षम भईसकेको बताउदै आफूमात्र सभापतिमा नेतृत्व गर्ने दाबी नगर्ने खुलस्त गरेका छन् । एक अनलाईन पत्रिकासँगको अन्तरवार्तामा बरिष्ठ नेता पौडेलले सभापति देउवा सानो कोठरीमा रमाएका कारण काँग्रेस समस्यामा परेको बताउदै त्यसका लागि योगदान गरेका र सक्षम ब्यक्तीलाई चुनेर नेतृत्वमा ल्याउने कार्य जेलनेल भोगेका र काँग्रेस बुझेका देशभरका नेताहरुले गर्नुपर्ने आवाज उठाएका छन् ।

०६४ सालमा नराम्रोसँग हार ब्यहोरेको काँग्रेसको जनमत जसरी ०७० सालमा फिर्ता भएको थियो त्यसैगरी काँग्रेसको १४ महाधिवेशन समयमै गर्ने हो भने उक्त जनमत फिर्ता हुनेमा कुनै शंका नरहेको बरिष्ठ नेता पौडेलको दाबी छ ।

काँग्रेस, लोकतन्त्र, प्रजातान्त्रीक राष्ट्रबाट र राष्ट्रियताका बिषयमा आफू पुरै स्पष्ट रहेको बताउदै कमजोरी देखे नेता कार्यकताले सुझाव दिए आफू सच्चिन समेत तयार रहेको बताएका छन् । सभापति शेरबहादुर देउवासंग १३ औं महाधिवेशनमा पराजित भएका बरिष्ठ नेता रामचन्द्र पौडेल १४ महाधिवेशनका एक शसक्त सभापतिका उमेर्द्वार भएपनि उनले सभापतिमा निर्बाचन लड्नु अगाडी आफुले पार्टी र लोकतन्त्र अनि मुलुकको भबिष्य हेरेर मात्र नेतृत्वको लडाईमा लाग्नुपर्ने विचार समेत प्रश्तुत गरेका छन् ।