उर्जा

अतिविपन्नलाई सौर्य बक्ति वितरणः गाउँनै उज्यालो हुने भएपछि स्थानीय हर्षित

दमौलि । मुलुकका कनैपनि पनि स्थानका नागरिक अन्धकारमा बस्न बाध्य नहोउन भन्ने उद्येश्यले सरकारले विभिन्न उपाएहरु अपनाई रहेको छ । विजुली वत्तिको पुहुँच नभएको ठाउँहरुलमा सार्यवक्ति जडान गरिरहेको छ ।

यसैक्रममा तनहुँको बन्दीपुर गाउँपालिकाले अतिविपन्न घरधुरीलाई सौर्य उपकरण वितरण गरेको छ । गाउँपालिकाले बिजुली नबलेको र बिजुली जडानका लागि मिटर राख्न सक्ने क्षमता नभएका घरधुरी छनोट गरी २० घरधुरीलाई सौर्य उपकरण (सोलार) वितरण गरेको हो । अन्धकारमा रहँदै आएका सर्वसाधारणको घर उज्ज्यालो बनाउने उद्देश्यसहित विपन्न घरधुरीलाई सौर्य उपकरण वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्ण्सिं थापाले जानकारी दिका छन ।

थापाका अनुसार बन्दीपुर गाउँपालिका–१, २, ३, ६ लगायतका विपन्न घरधुरीलाई सौर्य उपकरण वितरण गरिएको छ । वितरण गरिएको सौर्य उपकरणको मूल्य प्रतिसोलार रु २१ हजार छ । उक्त सोलारबाट चारवटासम्म बत्ती बाल्न पुग्छ ।  गाउँपालिकाले सोलार प्रदान गरेपछि स्थानीयवासी हर्षित भएका छन् । बन्दीपुर गाउँपालिका–१ का सन्तबहादुर चेपाङ, शान्ति चेपाङ, दिलकुमार भुजेल, नीरमाया प्रजा, प्रेमबहादुर रिलामी मगरलगायतले सोलार पाएपछि घरमा बत्ती बाल्न सहयोग पुग्ने भन्दै खुशी व्यक्त गरेका छन ।

अहिलेसम्म टुकीको भरमा बत्ती बाल्दै आए पनि सौर्य उपकरण पाएपछि भने घर नै उज्यालो हुने भएको स्थानीयवासी शान्ति चेपाङले बताएका छन । गाउएमा सोलार वत्तिले झिलिमिलि हुने भएपछि स्थानीय वासि हर्षित भएका छन ।