कर्णाली प्रदेश

जिउने शैलि फेरीदै वादि समुदामाः उद्यमशील भएर आत्मनिर्भर बन्नतर्फ स्थानीय सरकारको सहयोग

जाजरकोट । मुलुकका विभिन्न स्थानका वादी समुदाय आफनो पुर्खाेलि पेशालाई लत्यादै केहि अघि वढने क्रममा विभिन्न ईलम गर्दै आफनो दैनिकै गुजारा गर्दै आएका देखिन्छन । विभिन्न सीप सिकेर केहि व्यापार पेसा देखि लिएर पछिल्लो समय पढाईतिर अघिवढि विभिन्न सरकारी देखि प्राईभेट जागिरतिर देखिन्छन । आफनो मानसीक सोचमा परिवर्तन गर्दै उनिहरु अघि वढदै गरेको देखिन्छ ।

यसैक्रममा माछा मारेर दैनिक गुजारा चलाउँदै आएका बादी समुदायलाई नलगाड नगरपालिकाले पेशा परिवर्तन गरी आत्मनिर्भर बन्न योजना ल्याएको छ । दल्लीस्थित नलगाड नदीको किनारमा अस्थायी टहरा निर्माण गरी माछा मार्दै दैनिक घरव्यवहार चलाउँदै आएका बादी समुदाय अब उद्यमशील भएर आत्मनिर्भर बन्नतर्फ स्थानीय सरकारले सहयोग गरेको नगरप्रमुख टेकबहादुर रावलले बताएका छन । एक महीनाको लामो होजियारी तालीम लिएर यहाँका बादी समुदाय अहिले माछा मार्ने पेशा छोड्दै ऊनी कपडा निर्माण, झोला निर्माण गरी आत्मनिर्भरतातर्फ उन्मुख भएको उनले बताए ।

सधैँ बिहानदेखि बेलुकासम्म माछा मार्ने (पासा, जाल) सामग्री बुन्दै आएका यहाँका महिला अहिले सियो, धागो र मेसिन हातमा लिएर काममा व्यस्त हुने गरेका छन् । अब हामी सीप सिकेर आफैँ आत्मनिर्भर बन्नुपर्छ, सधैँ अर्काको भरमा पर्नु हुँदैन भन्ने चेतनाको विकास भएको नलगाड नगरपालिका–७ की निर्मला बादीले बताएका छन ।

त्यस्तै अर्की लक्ष्मी बादी आजभोलि आमालाई साथमा लिएर दैनिक कपडा बुन्ने काममा लागेकि छन । उनलाई पहिलो चरणमा निर्माण गरेका कपडा नगरपालिका र घरेलु उद्योग विकासका कर्मचारीलाई हस्तान्तरण गरेका छन । नगरपालिका र घरेलुले संयुक्तरूपमा सहयोग गरेपछि त्यहाँका १० घर बादी समुदायका महिलाले अहिले नयाँ व्यवसायको थालनी गरेको अर्की भुमिका बादीले बताईन । अहिले जलचरप्राणी नदीमा सकिएको भन्दै नलगाड नगरपालिकाले माछा मार्न प्रतिबन्ध लगाएको छ ।

माछा मार्ने काम ठप्प भएका बादी समुदायलाई खाद्यान्न दिएर दैनिक परिवार पाल्दै आएको नगरपालिकाले अहिले होजियारी तालीम दिएर पेशा बदल्नतर्फ प्रेरित गरेको बादी अगुवा तिले बादीले बताए । होजियारीसँगै नगरपालिकाले मादल र लोपोन्मुख बाजा निर्माण गर्न र त्यसका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाएको तिलेले बताएका छन । आउँदो हरीतालिका तिज र दशैँलाई लक्षित गरेर मादल र अन्य बाजा निर्माण गर्न नगरले सहयोग गर्ने सल्लाह पाएका बादी समुदाय अब व्यवसाय परिवर्तन गरी काममा लागेको बताउँछन् ।