समाचार

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

कावासोती । मोटरसाईकल दुर्घटनामा परि नवलपरासीमा एकको मृत्यु घएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१० मा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँएर र्दुघटना हुँदा मोटरसाईकलमा सवार एको मृत्यु भएको हो ।

गए राति ना ६ ख ५२०७ नंको ट्रकमा लु २२ प २८९९ नंको मोटरसाइकल ठोक्किँदा पाल्पा तिनाउ गाउँपालिका–१ बस्ने २७ वर्षीय भीमराजबहादुर छहरी मगरको मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बल रुपन्देही बाहिनी नं ५ दरबन्दी भई बिओपी बोगडी रुपन्देहीमा कार्यरत सहायक प्रहरी जवान मगरको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताएका छन ।