समाचार

कैलालीको एक गाउँपालिका–जनप्रतिनिधिले वडाका नागरिकलाई रगत निःशुल्क उपलब्ध गराउने

लम्कि । कैलालीको जानकी गाउँपालिका–५ का जनप्रतिनिधिले आफ्ना वडाका नागरिकलाई रगत निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन । वडाध्यक्ष भीमबहादुर चौधरी र नेपाल रेडक्रस सोसाइटीबीच मङ्गलबार रगत निःशुल्क उपलब्ध गराउने विषयमा सहमति भएको बताईएको छ ।

उक्त सहमतिमा नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखाका सभापति जगदीश्वर पण्डित र वडा नं ५ का वडाध्यक्ष भीमबहादुर चौधरीले हस्ताक्षर गरेका छन । सहमतिअनुसार रेडक्रसले वडा नं ५ का नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने र वडाले चौमासिक रूपमा प्रयोग भएको रगतको आधारमा रेडक्रसलाई भुक्तानी दिनेछ । निःशुल्क रगत उपलब्ध गराएवापत वडाले प्रतिप्रिन्ट रु ८५० का दरले रेडक्रसलाई रकम उपलब्ध गराउनेछ । रक्तसञ्चार केन्द्र टीकापुरले वर्षेनी एक हजार ४०० प्रिन्ट रगत आपूर्ति गर्ने गरेको छ ।

यस्तै कैलालीको टीकापुर नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणाका लागि गर्भवती महिलालाई पोषण खाद्य सामग्री वितरण गरेको छ । नगरपालिकाले नगर क्षेत्रमा रहेका सुत्केरी महिलालाई एक क्यारेट अण्डा, एक किलो भटमास र फलफूल वितरण गरेको हो । नगरपालिकाले १ नं वडाका १०० र अन्य वडाका ३०० गरी ४०० गर्भवतीलाई पोषण तथा आहार वितरण गरेको हो ।

गर्भवतीलाई अण्डा वितरण गर्दै नगरपालिकाका उपप्रमुख केशरी विष्टले गर्भावस्थामा बच्चा र आमा कसरी स्वस्थ रहने भन्नेबारेमा जानकारी दिन यो कार्यक्रम गरिएको बताएकि छन । उपप्रमुख विष्टले “यस वर्ष पोषण सामग्री वितरण गरिएको अर्को वर्ष आमासँग उपमेयर कार्यक्रम सञ्चालन हुने, स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले पोषण सामग्री वितरणसँगै गर्भवतीलाई गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा, गर्भ जाँच, लगाउनुपर्ने खोप, नियमित खानुपर्ने आइरन चक्कीजस्ता ज्ञानसमेत दिइएको बताईन ।

उनले घरमा सुत्केरी हुने दर शून्य गर्न पनि यो अभियान चलाइएको बताईन । त्यसैगरी निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको र नगरपालिकाले सुत्केरीका लागि आवश्यक रगत पनि निःशुल्क पाइने व्यवस्था मिलाएको छ ।