समाचार

पानी परिरहेर गाडी चिप्लीएका कारण बस दुर्घटना, ३ को निधन, १५ घाईते

ओखलढुंगा । ओखलढुंगामा बस दुर्घटना हुँदा तीन जनाको निधन भएको छ । बुधबार बिहान ३ बजे सिद्धिचरण राजमार्गको मानेभन्ज्याङमा दुर्घटना हुंदा तीन जनाको निधन भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । दुर्घटनामा १५ जना घाईते भएका र ४ जनालाई उपचारका लागि काठमाण्डौ ल्याईएको समाचार छ । बाँकी ११ जनालाई भने नजिकैको घुर्मीस्थीत अस्पतालमा उपचार भईरहेको जनाईएको छ ।

पानी निरन्तर परिरहेको र चिप्लो बाटो भएर गाडी चिप्लीएर दुर्घटना भएको जनाएपनि घटनाको कारण अनुसंधान भईरहेको प्रहरीको भनाई छ ।