मनोरञ्जन

डा. डी आर उपाध्यायलाइ लाग्यो ‘प्रेमको तिर्खा’ (भिडियो)

काठमाण्डौ । चर्चित गीतकार डा. डी आर उपाध्यायको रचना र द भ्वाइस अफ नेपालका विजयी सी डी विजय अधिकारीको स्वर रहेको गीत ‘प्रेमको तिर्खा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सागर अधिकारी ‘सरद’ को संगीत रहेको गीत‘प्रेमको तिर्खा’मा भिडियोबाट मोडेलिङ्गमा डेब्यु गरेकी मोडेल सुबिक्षा घिमिरे र प्रविन बरालको अभिनय रहेको छ । भिडियोमा करण, सुनिल र विभुतिलाई पनि फिचरिङ गरिएको छ ।
प्रहिल कार्कीको निर्देशन, अन्जिता कंडेलको सहनिर्देशन रहेको भिडियोमा बिनय तामांग सिनेमाटोग्राफी माधव बेलबासे सम्पादन रहेको छ ।
गीतकार एबम साहित्यकार डा. डीआर उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एकैपटक सात एल्बम निकालेर नयाँ रेकर्ड राखिसकेका छन् भने ‘अतिरिक्त’ ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘वज्राधात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन भने पद्मदीप स्मृति प्रतिष्ठानको आयोजनामा डीआरका गीति एल्बमका बारेमा देशका सात प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको थियो भने देश बाहिर सिक्किममा समेत लोकार्पण गरिएको थियो। ‘मधुर मिलन’को मिडिया कोअर्डीनेसन माधव अधिकारीले गरेका हुन् ।

केही दिन पहिला मात्र गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा डा. डीआर उपाध्यायलाई वर्ष ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृति गरिएको थियो । गीतकार सङ्घ नेपालले प्रदान गर्ने ‘वर्ष गीत पुरस्कर’ यो बर्ष ‘सन्तानको शिर उठाउन हजार ठाउँ शिर झुकाउने बाबालाई बिर्सिएर‘’ गीतबाट उनलाई ५१ हजार र सम्मानपत्रले सम्मान गरिएको हो ।