आर्थिक

एभरेष्ट बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम संचालन

काठमाडौं । एभरेष्ट बैंकले देशका विपन्न वर्गका नागरिकहरुलाई वित्तिय साक्षरता प्रदान गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कल्याणकारी गतिविधिहरु गर्दै आइरहेको छ । यस प्रयासमा हालै बैंकले धरान, सुनसरीका १० विद्यालयमा वित्तिय साक्षरता कक्षा संचालन गर्न फिनलेट नेपालसँग सहकार्य गरेको छ । फिनलेट नेपालले एभरेष्ट बैंकको वित्तिय साक्षरता अभियानमा समर्थन गर्नेछ । स्कुल बुक नामक ५ महिना लामो वित्तिय साक्षरता कार्यक्रम विशेष रुपमा डिजाइन गरिएको छ जसले बालबालिका र अभिभावकहरुलाई वित्तिय मामिलालाई राम्रोसँग बुझ्न मदत गर्नुका साथै मुद्रा व्यवस्थापन, बचत र खर्च, वित्तिय योजना र लगानीका सिद्धान्तहरु सिकाउछ । फिनलेट नेपालले देशका विभिन्न क्षेत्रमा वित्तिय शिक्षा कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।
“सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आइरहेको छ । ईबीएल सदैव सामाजिक जिम्मेवारीमा सक्रिय रहेको छ र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्राहकहरुलाई लाभ हुने विभिन्न कार्यक्रमहरु आयोजन गर्दै आइरहेको छ ।
एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ । जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।