आर्थिक

‘खोलौँ बैंक खाता’ अभियान प्रभावहीन

काठमाडौँ । सरकारको ‘खोलौँ बैंक खाता’ अभियान ग्रामीण क्षेत्रका जनतासम्म पुग्न सकेको छैन । ‘समृद्धिसँग जोडौँ नाता, हरेक नेपालीको बैंक खाता’ भन्ने नाराका साथ सरकारले वैशाख एक गतेदेखि शुरु गरेको यो अभियानलाई सरोकारवालाले बेवास्ता गर्दा ग्रामीण भेगका जनता यसबाट लाभान्वित हुन सकेको छैन ।

सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत हरेक नेपालीमा बैंक खाता पु¥याउने कार्यक्रम ल्याएको थियो । सोहीअनुरुप सरकारले नयाँ वर्षको अवसर पारेर २०७६ साललाई ‘खोलौँ बैंक खाता अभियान’ शुभारम्भ गरेको थियो । सरकारले प्रमाणित गरेको कुनै एउटा मात्रै प्रमाणपत्र भए खाता खोल्न सकिने राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई प्रेरित गर्न बैंकको सामाजिक उत्तदायित्वअन्तर्गत जम्मा भएको रकमबाट हरेक खातामा रु १०० जम्मा गर्ने जनाएको छ । यो रकम कुनै पनि बैंक तथा वित्तीय संस्थामा यसअघि खाता नखोल्नेलाई मात्रै जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ ।
यो कार्यक्रम जनतासम्म पु¥याउन नसक्दा प्रभावकारी भएको छैन ।