राजनीति

कुमार पौडेल हत्यामा गृहमन्त्रीको अडान यथावत, विपक्षी दलद्वारा संसद बैंठक स्थगित

काठमाडौं । विप्लव निकट नेकपा सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल र सर्लाहीकै ईश्वरपुरमा गिट्टी उत्खनन् गर्दा बनेको खाल्डोमा डुबेर बालक अमितकुमार साहले ज्यान गुमाएपछि आक्रोसित स्थानियको विरोधमा प्रहरीले गोली चलाउदा ज्यान गएका सरोजनारायण यादवबारे मंगलबारको संसद बैंठकमा गृहमन्त्री रामबहादुर थापाले स्पष्टिकरण दिएका छन । कांग्रेस सासंदहरुका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री थापाले कुमार पौडेल प्रहरीसंगको मुडभेडमै मारिएको बताए ।

प्रहरीसंग जम्काभेट भएपछि कुमार पौडेल लगायतले गस्तिमा रहेका प्रहरीमाथि गोलि चलाएको र त्यसको जवाफ स्वरुप प्रहरीले पनि गोलि चलाउदा कुमार पौडेलले ज्यान गुमाएको दाबी गरे । राज्य व्यवस्था समितिले बनाएको छानविन समितिले पनि त्यही कुरा औंल्याएको उनले बताए । यद्यपी कुमार पौडेललाई नियन्त्रणमा लिएर गोलि हानि हत्या गरको कांग्रेस सांसदहरुको आरोप थियो ।

त्यस्तै प्रहरीले भन्दै आए जस्तो गृहमन्त्री थापाले पनि सरोजनारायण यादवको मृत्यु प्रहरीको हवाई फायरबाट नै भएको दाबी गरेका छन । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले मंगलबारको संसद बैंठकमा यसबारे राखेका प्रश्नहरुको जवाफ दिने क्रममा गृहमन्त्रीको यस्तो जवाफ आएको हो । आन्दोलनकारीहरु सडक अवरुद्ध पारेर असाध्यै आक्रोसित अवस्थामा अग्लो स्थानमा थिए, त्यसैले प्रहरीले हवाई फाएर गर्दा प्रर्दशनकारी सरोजनारायण यादवको टाउकोमा गोली लाग्यो र उनको मृत्यु भयो– गृहमन्त्री रामबहादुर थापाले भने ।

यसैबिच गृहमन्त्री थापाबाट आएको जवाफ चित्त बुझ्दो नभएको भन्दै कांग्रेस र राजपा नेपालले रोष्टम घेराउ गर्दा मंगलबारको संसद बैंठक १५ मिनेटको लागि स्थगित भयो । गृहमन्त्रीको जवाफ प्रष्ट नभएको भन्दै त्यी दलहरुले संसद समक्ष छानविन समिति गठनको माग गरेका थिए । सभामुख कृष्णबहादुर महराले सबै दलहरुसंगको छलफल पछि मात्रै निर्णय गर्ने भनेपछि कांगेस र राजपा नेपालले रोष्टम घेराउ गरेका हुन् ।

यसभन्दा अगाडीको बैठकमा समेत कुमार पौडेलको मुडभेडमा हत्या भएको दाबी गरेका गृहमन्त्रीले पुनः उक्त दाबीलाई दोहोर्याएका छन् । नेकपा नेतृत्वको केपी ओली नेतृत्वको सरकार र गृहमन्त्रीको मानवअधिकार आयोग लगायतबाट छानविन गरी गैरन्यायीक हत्या भएको भए दोषीलाई कारबाही गर्नुपर्छ भन्ने माग उठेको छ । नेकपा विप्लव समूहका सर्लाही जिल्ला ईन्चार्ज रहेका पौडेलको निधनपछि विप्लव समूहले केहीदिन अगाडी नेपाल बन्द गरेको थियो । उक्त घटना सेलाएको छैन ।