अन्तर्राष्ट्रिय

डोनल्ड ट्रंपले गरे बेलायती राजदुतको आलोचना

काठमाडौँ । अमरीकी राष्ट्रपति डोनल्ड ट्रंपले बेलायती राजदुतको आफुले कुनै वास्ता नगर्ने बताएका छन । अमेरिकाका लागि बेलायती राजदुत सर किम डैरोचले ट्रंपलाई असफल र असक्षम तथा अस्थिर विचारको भनेर पठाएका ईमेलहरु सार्वजनीक भएपछि त्यसको जवाफ स्वरुप ट्रंपको यस्तो अभिव्यक्ति आएको हो । ट्वीटरमा उनले बेलायती प्रधानमन्त्री टेरीजा मेको पनि आलोचना गरेका छन । एकपछि अर्काे ट्वीट गर्दै ट्रंपले बेलायती प्रधानमन्त्री टेरीजा मे र अमेरीका स्थित बेलायती राजदुत सर किम डैरोचलाई कुनै पनि अमेरीकीले मन नपराएको लेखेका छन । ट्रंपले बेलायतलाई चाडैँ नयाँ प्रधानमन्त्री मिल्ने भन्दै मेको बहिरगमनका लागि आफु आतुर रहेको बताए ।
यद्यपी टेरीज़ा मेले आफुलाई सर किम डैरोच माथि पूरा विस्वास लाग्ने भएपनि उनको विचारगंग आफु सहमत हुन नसक्ने बताएकि छन ।