साहित्य

गुणरत्न मालाको पुनः प्रकाशनका लागि साहित्यकारहरुको माग

काठमाडौँ । बालकदेखि वृद्धसम्मका लागि उपदेशमूलक ग्रन्थ गुणरत्न मालालाई व्याख्यासहित पुनः प्रकाशन गरिनुपर्नेमा जोड दिइएको छ । कवि जगन्नाथ गुरागाईँ साहित्य प्रतिष्ठानले सोमबार आयोजना गरेको काव्यसभाका वक्ता साहित्यकारहरुले करीब १०० वर्षअघि प्रकाशन भएको गुणरत्न मालालाई पुनः प्रकाशन गरे समाजलाई फेरि सच्चरित्रमा फर्काउन सकिने बताए ।

साहित्यकार रमेशप्रसाद खकुरेलले समाजको घाउ निचोर्न सक्ने स्रष्टाको आवश्यकता रहेको उल्लेख गर्नुहुँदै समाजलाई सही मार्गमा डो¥याउन गुणरत्न मालाजस्ता ग्रन्थको उपदेश एवं सच्चरित्रता चाहिने बताए ।

कार्यक्रममा साहित्यकार नगेन्द्रराज शर्मा, रोचक घिमिरे, प्राज्ञ लक्ष्मी उप्रेती, कुन्ता शर्मा, प्रतिष्ठानका अध्यक्ष राधिका गुरागाईँ, उपाध्यक्ष ऋषिप्रसाद दाहाललगायतले कवि गुरागाइँका अप्रकाशित कृति अनुसन्धान गरी सार्वजनिक गरिनुपर्ने विचार राखेका थिए ।

विसं १९५७ असार २३ गते जन्मनुभएका कवि जगन्नाथ गुरागाइँको निधन २०२३ कात्तिक २६ गते भएको थियो । उनको ११९औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा दजनौँ कवि एवं कवयित्रीले रचना बाचन गरेका थिए ।