समाचार

ओली सरकारको तरकारी काण्ड– मन्त्री यादब मन्त्रीपरिषद बैठकबाट एक्कासी बाहिरिए

काठमाण्डौ । मन्त्रीपरिषद बैठक बसिरहेका बेला उद्योग मन्त्री मात्रिका यादब बाहिरिएका छन् । सोमबार बसेको मन्त्रीपरिषद बैठक छलफल नसकिएपछि मंगलबारका लागि डाकिएको र आफू अर्कै काम परेर निस्किएको मन्त्ती यादबले दाबी गरेका छन् ।

मन्त्री यादब बैठक बसिरहेकौ स्थानबाट एक्कासी निस्किएपनि आफू बैठकमा नै नगएको बताउन पनि मन्त्री यादब पछि परेका थिएनन् । उनका छोराका अनुसार आज बस्ने संसद बैठकमा बोल्ने कुराको तयारीका कारण मन्त्री यउादब हतार भएर बैठबाट निस्किएको बताए । तरकारमा बिसादी हालेर भारतको सीमाबाट आएपनि नेपाल सरकारले बिना चेकजाँच भित्र छिराउनु भनेर निर्देशन दिएको भन्दै उद्योग मन्त्री यादबसहित कृषि, परराष्ट्र र प्रधानमनत्ती ओलीलाई विश्वभरका नेपालीहरुले प्रश्न सोधिरहेका बेला मन्त्री यादव बैठकको बीचैबाट निस्कनु अर्थपुर्ण रुपमा हेरिएकोले चर्चाको बिषय बनेको छ ।

नियममा भारतबाट आएका तरकारी तथा फलफुलमा बिषादी भएको वा नभएको चेकजाँच गर्नुपर्ने भएपनि भारतीय दूताबासको लिखित दबाबका कारण सरकारले बिना चेकजाँच प्रवेश गराउन खुल्ला गरेको समाचार आएपछि सरकारका बिरुद्ध आवाजहरु उठ्न थालेका छन् ।

गुठी बिधेयकबाट जनतासंग हार खाएर पछि हटेको सरकारले तत्कालै एक अर्ब राशीको पुरस्कारसहितको आईफा कार्यक्रम घोषणा गरेपछि बिबादमा परेको थियो । भने केहीदिनदेखी बिषादीयुक्त तरकारी बिना चेकजाँच नेपाल पसाएर नेपाली जनताको स्वस्थ्यमाथी खेलबाड गर्न लागेको भन्दै तीब्र आलोचना भईरहेको छ । मन्त्री यादबको मन्त्रीपरिषद बैठकबाट बाहिर निस्किएको भन्ने समाचारले कतै तरकारी घटनाको बिषय त होईन भन्ने अनुमान राजनीतिकबृतमा लगाउने गरिएको छ ।

मन्त्री यादब झ्वाँकी स्वभावका भएकाले पनि उक्त अनुमान सही होईन भन्ने पनि ठोकुवा गर्न सकिन्न । यसभन्दा अघि मात्रिका यादबले उपसचिव डण्डु घिमिरेलाई ट्वाईलेटमा थुनेर चर्चामा आएका थिए ।