पु.समाचार

विशाक्त तरकारी आयातः सरकारको चर्काे आलोचनाः सरकार भन्छ विषादी पक्षिण गर्ने यन्त्र नै छैन

काठमाडौं । पछिल्नो समय विभिन्न गलत निर्णयहरुका कारण विवादीत वनेको सरकार पुनः अर्काे विवादका फसेको छ । मिडिया काउन्सील विद्ययेक देखि लिएर हरेक कुरामा विवादिद वनेको सरकार पछिल्लो समय भारतबाट आयातित विषदियुक्त तरकारीको विषयलाई लिएर पुनः विवादित भएको हो ।

सरकारले आफै निर्णयगरि केहि समयदेखि तरकारी आयात हुने भारतको नाकामा कडाई गर्दै विषदि युतm तरकारी आयातमा रोक लगाएको थियो । त्यस्पस्चात राम्रै प्रसंसा कमाएको सरकार वर्षदिन नवित्दै आफनो निर्णयवाट पछि हटेको छ । भारतको चर्काे दबाब थेग्न नसेकेर सरकार उक्त निर्णयबाट पछि हटेको सबैको बुझाई छ ।

सरकारको उक्त निर्णय लिएसंगै दैनिक जसो चौतर्फि बिरोध हुदै आएका छन । यति मात्रै होईन सत्तामै भएका मन्त्री देखि लिएर सांसदले पनि सरकारको उक्त निर्णयको विरोध गर्ने गरेका छन । यष विषयमा दैनिक जसो वस्ने सरकारी वैठकहरुमा चर्चा–परिचर्चा हुनुको साथै र सरकारको आलोचना भैरहेका छन ।

सदन देखि सडक सम्म सरकारको चर्काे आलोचना भैरहँदा सरकारले भने सुन–नसुनेझैँ गरिरहेको छ । दैनिक जसो सरकारका विरुद्ध सडकमा विभिन्न राजनीतिक दलका विद्यार्थि देखि लिएर विभिन्न संघ संथाले सरकारलाई उक्त निर्णय फिर्ता लिन दबाव दिदै आएका छन । भरतत सरकारसंग डराएर फिर्ता लिईएको निर्णय पुनः लागुगर्न माग गर्दै दैनिक प्रर्दशन, विरोध भैरहेका छन । साथै तत्काल यो निर्ण फिर्ता नलिए झनै सशक्त भएर जाने चेतावनी पनि दिईएको छ ।

सरकारले भारतदेखि डराएर उक्त निर्णय फिर्ता लिएको बताई रह्ँदा यता सरकारले भने कृषि मन्त्रालयसँग भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने क्षमता नै नभएको जिकिर दाबी गरेको छ । हिजोमात्रै उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कृषि मन्त्रालयको क्षमता नहेरी विषादी परीक्षण गर्ने निर्णय गर्नु आफ्नो कमजोरी भएको र मूल्य बृद्धि हुन थालेपछि सरकार पछि हटेको प्रतिक्रिया दिएका थिए ।

इउटा प्रश्न के उब्जीन्छ भने यहाँ यदि मन्त्रालयसंग विषदि परिक्षण गर्ने यन्त्रनै थिएन भने पहिले किन विषदि परिक्षण नगरी तरकारी भित्रन नदिने बताएको थियो त ? स्वभाविकै हो यो प्रश्न सबैको मनमा उब्जीनु । केहिदीन अघि पनि भारतिय सञ्चार माध्यमले नै भारतको चर्काे दबावका कारण तरकारीको विषादि परिक्षण बाट नेपाल सरकार पछि हटेको प्रतिक्रिया दिएका थिए । तर नेपाल सरकारले बार–बार भारतको दवाबमा पछि नहटेको स्पष्टोक्ति दिदै आएको छ । विभिन्न संसद देखि लिएर हरेक वैठकमा सरकाको यो विषयमा आलोचना भैरहँदा सरकाले भने यस्को खण्डन गरेको छ ।

साथै सरकारले आफनो बचाउ गर्दै हावाका भरमा नबोल्न सांसदलाई आग्रह गर्दै आएको छ । हरेक कुरामा वन्देज लगाउन खोज्ने सरकारले पछिल्लो समय आएर त झनै जनताको स्वास्थ्यमा खेवाड गर्दै यस्तो खालको निर्णय लिएको विज्ञहरुको वुझाई छ । स्वच्छ र स्व्स्थ तरकारी देखी लिएर हरेक खानेकुरा खान पाउनु सबैको नैसर्गिक अधिकार हो तर सरकारको यस्तो रवैयाले सरकाले जनताको र्नैसर्गिक अधिकार पनि खोस्न लागेको जस्तो प्रतित हुन्छ ।

केहि समय अघि सरकारले आफै भातबाट आयातित तरकारी विषादी जाँच नगरि भित्रन नदिन निर्देशन दिन्छ र केहिदिनमै पुनः तयारी पुगेको छैन भन्दै निर्णय फिर्ता लिनुले सरकार दोहोरो चरित्रमा देखिएको सबैले अनुभुति गर्न थालिसकेका छन । सरकारको यस्तो दोहोरो चरित्रले आम नागरिकले भने दैनिक अप्रत्यक्ष रुपमा विष सेवन गरिरन वाध्य भएका छन । नत सरकारले आफनै मुलुकमा कृषिमा वैज्ञानिक लागु गरेको छ झनै वाहिरबाट आउने तरकारीलाई पनि मनलाग्दि आयातको बाटो खोलीदिएको छ ।

यदि सरकारले आफनै मुलुकमा वैज्ञानिक पद्धती मार्फत किशानलाई तरकारी खेतीमा प्रोत्साहन गथ्र्योे भने वाहिरी मुलुकको विषादि युक्त तरकारीको आशा गर्न पर्र्दैन थियो होला । जलस्रातेको धनि देश नेपाल जहाँ वार्षिक रुपमा अर्बाैको खाद्यान्न देखि लिएर तरकारी आयात गर्दै मुलुकलाई गरिबिति धकेली रहेको त छनै अस्वथ खानेकुराले आम नागरिकको स्वास्थमाथि नै खेलवाड भैरहेको छ । तर पनि सरकार यो विषयमा कहिलै गम्भिर भएको देखिएको छैन ।

मुलुकका जुनसुकै सरकार आएपनि देश र जनताका लागि सोच्न कोहि आउदैन । साथै केहि समय अघिमात्र गुठि विद्ययेक, मिडिया विद्ययेक, लगाएत सरकारका हरेक निर्णको सर्वत्र विरोध भए । बहुमतको कम्युनिष्ट सरकारको साशन हँदा पनि सरकारले चित्त बुझ्दो काम नगरेको देखिन्छ । साथै आफनो अधिकारका लागि आन्दोलनमा आउँदा सरकारी दमन धरपकडलाई त झनै सरकारले वढाएको छ । एउटा आतंकवादी जस्तो व्यवहार सरकारले आम नागरिमाथि गरेको देखिन्छ ।

पछिल्ला पटक हुने गरेका कुनै न कुनै आन्दोलनमा सरकार जनता मार्न पनि पछि नहटेको देखिन्छ । भिड नियन्त्रण गर्ने वहानामा निर्दाेह नागरिकको हत्या गर्दै सरकार हत्यारो पनि भएको छ । कुनै पनि समस्याको समाधान हत्या र हिँसावाट कहिलै पनि नहुने ईतिहास हाम्रा माझ छन । सरकारले हरेक निर्णय संयमीत भएर लिन जरुरी छ ।

शोभा रावत ।