समाचार

कुप्रथा छाउपडि प्रथा अझै पनिः सदरमुकाममै छाउगोठ

अमरगढि । भनिन्छ समय परिवर्तन भयो मानिसको सोचमा परिवर्तन भयो हामि यहिसोच्ने गर्द छौं । विस्तारै महिलामाथि विभिन्न वहानामा हुने कुनैपनि अन्याय, अत्याचार हराउदै गएका छन ।

तर हामि गलत छौं अझैपनि मुलुकको यस्ता ठाउहरुपनि छन जहाँ महिलामाथि हरेक वहानामा अन्यायमा परिरहेका छन । महिलाहरु हरेक अन्धवीश्वासका शिकार भैरहेका छन । वोक्सि, छाउपडी प्रथा देखि लिएर हरेक कुप्रथाका कारण अकालमै ज्यान गुमाउने महिला पनि आजको समय सम्म जिवितै छन ।

मुलुकको राष्ट्रिपती नै महिला भएको अवस्थामा पनि यस्ता कुप्रथाको उनमुलन हुन नसक्नु आँफैमा लाजमर्दाे विषय वनेको छ । महिलाका सवालमा ठुला ठुला भाषण गर्ने महिला अधिकार कर्मिकै नजर पुग्न नसकनु कस्तो विडम्वना । सहरका गल्लि–गल्लि नारा लगाउदै हिँडनुको के अर्थ जवकि महिलाहरु अँझै पनि यस्ता कुप्रथालाई सामना गरिरहेका छन ।

यस्तै कुप्रथाको शिकार वनिरहेका छन सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुराको का महिला । जिल्लाको सदरमुकाम बजारमै अझै पनि छाउपडी गोठ (महीनावारी भएको बेलामा सुत्ने ठाउँ) भेटिएको छ । बजार छेउमा रहेको अमरगढी नगरपालिका–५ का विभिन्न गाउँमा दर्जनौँ घरमा छाउपडी गोठ भेटिएका हुन् । विभिन्न गाउँपालिकाबाट सदरमुकाम आई बसोवास गर्ने यो टोलमा उनीहरुले आफ्ना छोरीबुहारीलाई बस्न घरभन्दा अलि टाढा छाउपडी गोठ बनाएका छन् ।

धेरैजसो उपल्लो समुदायका महिलाहरूले महीनावारी भएका बेला घरमा राखे देवीदेउता रिसाएर अनिष्ट हुने भन्दै छोरीबुहारीलाई बस्न अलग्गै छाउपडी गोठ बनाइएको बताएका छन् । असुरक्षित रहेका यी छाउगोठमा महीनावारी भएका महिलालाई ५÷६ दिनसम्म राख्ने गरिन्छ । नगरपालिका सदरमुकाममा रहेको बजार छेउमै कुरीतिका रूपमा रहेको छाउगोठ भेटिएपछि महिला अधिकारकर्मीले आश्चर्य व्यक्त गरेका छन् ।

एक्काइसौँ शताब्दीमा पनि सदरमुकाम नजिकैका अधिकांश गाउँमा अझै महिलालाई महीनावरी भएको बेला छाउगोठमा राखेर पशुसरह व्यवहार गरिएको महिला अधिकारकर्मीको गुनासो छ । डडेल्धुरा सदरमुकाम बागबजार, तुफानडाँडा, खलङ्गा, कीर्तिपुर र पोखरा बजारका क्षेत्रमा महीनावारी भएका बेला बस्ने कोठा अथवा छाउगोठ कायमै रहैको महिला अधिकारकर्मी इन्दिरा ताम्राकारले बताएका छन ।