खेलकुद

नेपाललाई आज हंङकङको चुनौतिः कस्ले मार्ला त बाजि ?

काठमाडौं । मलेसियामा जारी एसीसी अण्डर–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले आज (मंगलबार) हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

सोमबार भएको दोस्रो सेमिफाइनलमा सिंगापुरलाई डिएल पद्दतिको आधारमा ५१ रनले पराजित गर्दै हङकङले नेपालसँगको भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको थियो ।

नेपाल समूह एको विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो । नेपालले समुह चरणको खेलमा सिंगापुर र चिनलाई पराजित गरेको थियो । हङकङ भने समुह बीको विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको थियो । हङकङले समुह चरणमा भुटान र थाइल्याण्डलाई हराएको थियो ।

उपाधि विजेता टिम अण्डर–१९ एसिया कपमा छनोट हुने छन् । एसिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।