आर्थिक

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो संस्थागत तथा सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले मुस्ताङ घरपोजङ गांउपालिका वडा नं. ३ स्थित जनकल्याण आधारभुत विद्यालयमा अध्ययनरत कक्षा २ की छात्रा रेनुका परियारलाई उनको पढाईको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

विपन्न परिवारमा जन्मिएकी उनी पढाईमा अब्बल तथा जेहेन्दार रहेकी तर शारिरिक अपाङ्गता र आर्थिक स्थिति कमजोर भएकोले पढाईमा निरन्तरता दिन कठिन भएकाले यस बैंकबाट उपलब्ध गराईएको आर्थिक सहयोगले उनको पढाईमा योगदान पु¥याउने विश्वास बैंकले लिएको छ ।

जोमसोम अवस्थित सांग्रिला डेभलपमेण्ट बैंकका शाखा कार्यालयका शाखा प्रमुख राजिब पौडेलले सो विद्यालयका प्रधानाध्यापक राम प्रसाद शर्मालाई चेक हस्तान्तरण गरेको प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताएका छन् ।