विचार/ब्लग

अब उखानटुक्काको रमाइलोमा कोही लठ्ठीनेवाला छैनन्

जयन्ती बडुवाल/ स्थिर सरकारको नारासहित चुनाव जितेर “सुखि नेपाली, समृद्ध नेपाल” बनाउने उद्घोषसहित दुईतिहाई बहुमतको बलमा सत्ता हाँकी रहेको इतिहासकै शक्तिशाली सरकार आज आफ्नै कार्यशैलीको कारण सबैतिरबाट आलोचित हुँदै गईरहेको छ । मन नलागि नलागि सरकारका मन्त्री र मन्त्रीका पिए बाहेक कसैले पनि आज यो सरकारको प्रशंसा गर्न सहिरहेका छैनन् । संविधान बनिसेको, देशमा शान्ति कायम रहेको, संसदको प्रमुख प्रतिपक्ष पनि आन्तरिक विवादमा फसेर सरकारलाई त्यति प्रभावित पार्न नसकेको यो अवस्थामा सरकारले झन गतिमा काम गर्न सक्नु पर्ने थियो । तर भईदियो कस्तो भने, सरकारको प्रभावहिनताको अगाडि सत्तारुढ दलकै केहि नेताहरु प्रतिपक्षको भुमिकामा देखिन विवस छन् । झुटा तथ्याङ्क जति प्रस्तुत गरे पनि, सरकारको कामबाट संसार नै चकित परेको मपाईपूर्ण घमण्ड जति गरे पनि सरकारको काम कारबाहीबाट देशभित्र कोहि पनि सन्तुष्ट नरहेको कुरा जबरजस्ति आँखा नचिम्लिनेहरुका लागि घाम जत्तिकै छर्लङ्ग छ ।

जनताका पक्षमा सिन्कोपनि भाँचन नसकेपछि  र गर्न सक्ने पनि कुनै सम्भावना नदेखिएपछि यो सरकार जनतालाई मारेर, तर्साएर र दमन गरेर आफ्नो शासन जोगाई राख्ने अधिनायकवादी बाटोमा लागि सकेको प्रष्ट हुन्छ ।

गुठी विधेयकबाट नराम्ररी पछारिएको सरकार आफैंले हुन्छ र दिन्छु भनेका कुरा पुरा गर्न नसकेपछि असन्तुष्ट जनता माथि बाध्यताले जाई लाग्न थालेको छ । र लाज पचाएरै भन्न थालेको छ– माक्स लागाउनेहरु सरकारका विरोधी हुन् । दुईतिहाईको शक्तिशाली सरकार आफ्नो स्वास्थ्यको ख्याल गर्ने नागरिकसंग भएको दश रुपियाँको माक्सबाट तर्सेको मात्रै छैन, गुठी विधेयकबाट नराम्रोसित पछारिएको पनि छ । 

लाज पचाएरै भन्न थालेको छ– माक्स लागाउनेहरु सरकारका विरोधी हुन् । दुईतिहाईको शक्तिशाली सरकार आफ्नो स्वास्थ्यको ख्याल गर्ने नागरिकसंग भएको दश रुपियाँको माक्सबाट तर्सेको मात्रै छैन, गुठी विधेयकबाट नराम्रोसित पछारिएको पनि छ । 

भारतीय तरकारी र फलफुलमा बिषाधी भएनभएको परिक्षण गरेर मात्रै खरिद गर्ने आफ्नै निर्णयबाट आफुले आफैंलाई भिडाएको कथित राष्ट्रवादी मुकुण्डो लम्पसार परेको छ ।  ओली सरकारले नागरिकको अपराधीकै स्तरबाट बर्बर हत्या गरेको छ । यसरी जनताका पक्षमा सिन्कोपनि भाँचन नसकेपछि र गर्न सक्ने पनि कुनै सम्भावना नदेखिएपछि यो सरकार जनतालाई मारेर, तर्साएर र दमन गरेर आफ्नो शासन जोगाई राख्ने अधिनायकवादी बाटोमा लागि सकेको प्रष्ट हुन्छ ।

गरिबी उस्तै छ, बेरोजगारी उस्तै छ, जनजीविकासंग सम्बन्धित आधारभूत समस्या उस्तै छन– चित्त बुझाउने ठाऊँ कहिकतै छैन । तर पनि यो सबै समस्या समाधान गर्नुपर्ने सरकार र गर्छु भनेर नै जितेका मान्छेहरु आज समस्या समाधान गर्नुको साटो जनतालाई असाध्यै तुच्छ (निम्छरा, छौँडा) शब्दको प्रयोग गरेर नाङ्गो गालिगलोजमा उत्रेका छन् । केहि समय अघि संसदले हटाउन भनेको प्रधानमन्त्रीको गालि र हिजो मात्रै प्रधानमन्त्रीका स्वकीय सचिवबाट आएको गालि यसका उदारण हुन् ।

सरकारले आफ्ना कमजोरी पनि सच्याउन नसक्ने, देश र जनताका पक्षमा इमान्दार भएर काम गर्न नसक्ने अनि सरकारले गरेका गलत कामको विरोध गर्दा आफैंलाई मतदान गर्ने जनतासँग पौंठेजोडी खेल्न आउने, कत्तिको सुहाउँछ त्यो प्रधानमन्त्री र उनका चम्चेहरुले बुझ्न ढिलो गर्नुहुंदैन ।

सरकार बाहिर हुदाँ पनि हिन (अलछिना, सडकछाप) शब्दहरुको प्रयोगगरि सरकार सराप्ने मान्छे आफैं सरकारको प्रधानमन्त्री हुदाँ सच्चिने जनताको अपेक्षा थियो तर सच्चिने कुरा पनि पुरा भएन अरु त कुरै छाडिदिउँ । रुपमा र गणितमा शक्तिशालि भएपनि टाढाटाढासम्म आसालाग्दा काम देखाउन नसेपछि मानसिक रुपमा कमजोर र पराजित सरकार सामान्य विरोध र सुझावसंग पनि निकै चिडिएको छ । तर राष्ट्रको अभिभावक सरकार संयमित भएर प्रभावकारी रुपमा अगाडी बढ्न जरुरी छ । अब न कोहि उखानटुक्काको रमाइलोमा लठ्ठीनेवाला छ, न कोहि गालिगलोजको स्वरमा तर्सिनेवाला छ । जिम्मेवार भएर जिम्मेवारी निर्वाह नगर्ने हो भने, सचेत जनताको अगाडि बढ्ने चाहानालाई उखानटुक्का र गालिगलोजको बाँधले रोक्न सक्ने छैन ।

सरकारले आफ्ना कमजोरी पनि सच्याउन नसक्ने, देश र जनताका पक्षमा इमान्दार भएर काम गर्न नसक्ने अनि सरकारले गरेका गलत कामको विरोध गर्दा आफैंलाई मतदान गर्ने जनतासँग पौंठेजोडी खेल्न आउने, कत्तिको सुहाउँछ त्यो प्रधानमन्त्री र उनका चम्चेहरुले बुझ्न ढिलो गर्नुहुंदैन ।