आर्थिक

सभिल बैंकको शाखा सिराहाको धनगढीमाईमा

काठमाडौँ । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सिराहाको धनगढीमाईमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाको मेयर हरि नारायण चौधरीले गरे ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारी, सिभिल बैंकको प्रदेश नं. २ का प्रदेश प्रमुख दिपककुमार श्रेष्ठ,सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । धनगढीमाई शाखासहित सिभिल बैंककोे कुलशाखा संख्या ९० पुगेकोे पनि बैंकले जनाएको छ ।