समाचार

खडेरीले अन्नबाली सखाप, खानेपानिका मुहान सुक्दै

भोजपुर । साउन महिना लाग्नै लाग्दा पनि मुलुकका कयौं स्थानमा अझै खतिपातिको सुरसारै भएको छैन । आकाशे पानिको भरमा खेती गर्ने किशान समयमा पानि नर्पदा मारमा परेका छन । पहिलो पानि पर्दा विउ राखेका किशान विउ रोप्ने भैसक्यो तर पानि नपर्दा एकदमै चिन्तित छन ।

एक त समयमै खेति पाति गर्न नपाउदा आम्दानी घटने पिर छ भने अर्काे तिर खडेरीका कारण रोप्ने भैसकेको बिउनै खेतमा सुकन थालेको छ । यस्तै पानि नपरि खडेरी लागेर अन्नबाली सखाप भएपछि भोजपुरका कृषक चिन्तित बनेका छन् । असार महीना बित्न लाग्दासम्म पनि पानी नपार्दा बारीमा लगाएको मकै, धान, कोदोलगायत अन्य बाली सुकेपछि उनीहरु चिन्तित बनेका हुन् ।

भोजपुर नगरपालिका–६ ठूलो पालुवाका करीब ३०० घरपरिवार कृषकलाई आगामी वर्षमा मकैको बीउ कसरी जोहो गर्ने भन्ने चिन्ता बढेको छ । बारीमा लगाएको मकै खडेरीको कारण सखाप भएपछि उनीहरुलाई चिन्ता थपिएको हो ।
त्यहाँका किसानले सुकेको मकैको बिरुवा गाईवस्तुलाई खुवाउन थालेका छन् । तर गाईवस्तुले पनि खान छाडेको कृषकको गुनासो छ । समयमा वर्षा नभएपछि गाउँमा पिउने पानीको समेत अभाव भएको छ भने खेत बाँझै छ ।

वर्षभरि खाने कमाइ सखाप भएपछि उनीहरु कसरी बाँच्ने भन्ने चिन्तामा परेका हुन् । अन्नबाली जति खडेरीले सखाप बनाएपछि भोकमरीको चिन्ता हुन थालेको हो । सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेर राहतको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । दलगाउँ, कोट, गोगने, वास्तीम, हसनपुरलगायत ठाउँमा खडेरीको कारण अन्नबालीमा क्षति पुगेको छ ।